
नेपालगन्ज । कशाैधन वैश्य समाज युवा मञ्चद्वारा शनिबार निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
बिहान ११ बजेदेखि ४ बजेसम्म नेपालगन्जस्थित किन्नुराम काशीराम कशाैधन वैश्य पंचायती धर्मशालामा शिविर संचालन गरिएको थियो ।
कन्सल्टेन्ट सर्जन, मुत्रराेग, क्यान्सर राेग तथा जनरल सर्जन डा. प्राविणकुमार गुप्ता वा कन्सल्टेन्ट अर्थाेपेडिक सर्जन, हाडर्जाेनि तथा नशाराेग विशेषज्ञ डा. राहुल मिश्राकाे सहकार्यमा निशुल्क स्वास्थ शिविर आयोजना गरिएकाे कशाैधन वैश्य समाजका अध्यक्ष नन्दलाल वैश्यले बताउनुभयाे ।
यसैगरी कशाैधन वैश्य समाज युवा मञ्चद्वारा आयाेजित निशुल्क स्वास्थ्य शिविरबाट नेपालगन्जका १ सय १० जना सेवाग्राहीहरूलाई निशुल्क चेकजाँच गरि औषधि वितरण गरिएकाे युवा मञ्चका अध्यक्ष आदित्य कुमार गुप्ताले जानकारी गराउनुभयाे ।
साे अवसरमा युवा मंच तथा महिला मंचकी अध्यक्ष सीता देवी वैश्य लगायत महिला सदस्यहरुलाई शिविरमा सम्मानित समेत गरिएको थियोे ।





