
नेपालगञ्ज । जनता समाजवादी पार्टीले नेपालगञ्जमा दुई दिने प्रशिक्षणको आयोजना गरेको छ । राजनैतिक तथा बैजारिक प्रशिक्षणका रुपमा सोमबार र मंगलबार हुने कार्यक्रममा पार्टीका सदस्यदेखि नेतासम्मको सहभागिता रहने जनाइएको छ ।
कार्यक्रममै सम्बोधन गर्ने भनेर पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव नेपालगञ्ज आइपुग्नुभएको छ । जसपाका युवा नेता राजेन्द्र बिश्वकर्माका अनुसार आइतबार साँझ जसपा नेताले अध्यक्ष यादवलाई नेपालगञ्ज बिमानस्थलमा स्वागत गर्नुभएको छ ।
पूर्व शहरी बिकास मन्त्री तथा जसपाका केन्द्रीय कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राई, प्रदेश सभा सदस्य बिजय बहादुर यादव, बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ र बाँकेका प्रहरी प्रमुख एव प्रहरी उपरिक्षक ओम बहादुर राना, प्रदेश अध्यक्ष अशोक यादव, जिल्ला अध्यक्ष कमरुद्दीन राई लगायतले अध्यक्ष यादवलाई स्वागत गर्नुभएको बिश्वकर्माले जानकारी दिनुभयो ।






