योगिनी कप भलिबलमा न्यु एभरेष्ट डिस्लरी सह–प्रायोजन

नेपालगन्ज । खजुरा गाउँपालिकामा हुन लागेको योगिनी कप अन्तर क्लब पुरुष भलिबल प्रतियोगितालाई न्यु एभरेष्ट डिस्लरी प्रालीले सह–प्रायोजन गर्ने भएको छ ।
आइतबार आयोजक योगिनी युवा क्लबका अध्यक्ष र न्यु एभरेष्ट डिस्लरी प्रालिका अध्यक्ष रबिन्द्रमान श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भयो । रंगशाला नेपाल मिडिया प्रालि र योगिनी युवा क्लबले संयुक्त रुपमा आयोजना गर्न लागेको प्रतियोगितामा स्थानीय क्लबको सहभागिता रहने आयोजकले बताएको छ ।

खजुराको गौघाटमा आगामी माघको २२ गते देखी २४ गते सम्म प्रतियोगिता गर्ने तयारी भैरहेको छ । प्रतियोगितामा १२ क्लबले प्रतिस्सपर्धा गर्ने आयोजक योगिनी युवा क्लबका अध्यक्ष तरिन्द्र थापाले बताउनु भयो ।

आइतबार भएको पत्रकार सम्मेलनमा न्यु एभरेष्ट डिस्लरीका अध्यक्ष श्रेष्ठले स्थानीय स्तरमा हुन लागेको प्रतियोगितालाई सहयोग गर्ने उद्देश्यले प्रायोजन गर्न लागेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘खेलकुद समाजका युवाहरुलाई संक्रिय बनाउने एउटा सशक्त माध्यम हो । म आफै पनि खेलाडी भएकोले खेलकुदका प्रतियोगितालाई सहयोग गर्न पाउँदा खुसी लाग्छ । हाम्रो सहयोगले प्रतियोगितालाई सफल गर्नमा मद्धत पुग्नेछ । प्रतियोगिताले स्थानीय स्तरबाट राम्रो खेलाडी उत्पादन गर्नेमा पनि हामीलाई विश्वास छ ।’

आयोजक योगिनी युवा क्लबका अध्यक्ष तरिन्द्र थापाले प्रायोजन गर्ने न्यु एभरेष्ट डिस्लरीलाई धन्यवाद दिनु भयो । उहाँले भन्नु भयो, ‘हामीले आफनो समाजको लागि आफनो क्षमता अनुसार योगदान गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागेको छौं । यसलाई सफल बनाउन थुप्रै संघ संस्थाको सहयोग आवश्यक हुन्छ । न्यु एभरेष्टले प्रायोजन गरेर प्रतियोगिता आयोजनमा थप उत्साह जागेको छ । यसका लागि हामी उहाँहरुलाई हृदयदेखी धन्यवाद दिन चाहन्छौं ।’

नेपालको एक ऐतिहासिक जिल्ला हो बाँके । बाँकेको खजुरा गाउँपालिका– २ गौघाट खेलकुदका लागि प्रख्यात गाउँ हो । खेलकुदको लोकप्रियता भएको गाउँमा भलिबल प्रतियोगिता आयोजना गरेर प्रतिभावान खेलाडी उत्पादन गर्दै त्यस क्षेत्रको आन्तरिक पर्यटन प्रर्वद्धन गर्न पनि भलिबल प्रतियोगिताले सहयोग गर्ने रंगशाला नेपाल मिडिया प्रालिका अध्यक्ष कमल खत्रीले बताउनु भयो ।

योगिनी माविमा हुने प्रतियोगिताको विजेताले २१ हजार, मेडल ट्रफी र सिल्ड तथा उपविजेताले १० हजार नगद, मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछ । यसैगरी विधागत रुपमा उत्कृष्ट खेलाडीलाई नगद सहित पुरस्कृत गर्ने आयोजकले बताएको छ ।

Previous articleजसपाले दुई दिने प्रशिक्षण आयोजना गर्दै, केन्द्रीय अध्यक्ष यादव नेपालगञ्जमा
Next articleखजुराबाट किसान कल सेन्टरको सेवा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here