खजुराका बिद्यालय २३ गतेसम्म बन्द

नेपालगञ्ज । चिसोका कारण बाँकेको खजुरा गाउँपालिकाका बिद्यालयहरु बन्द गरिएका छन् । खजुरा गाउँपालिका शिक्षा समितिको सोमबार बसेको बैठकले चार दिन बिद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

गाउँपालिका शिक्षा शाखाले सोमबार बिहान एक सूचना जारी गर्दै बैठकमा भएको निर्णयानुसार शीतलहर चलिरहेको कारणबाट विद्यार्थीहरुलाई नियमित पठन पाठन गराउन कठिन भएको हुदाँ माघ २० गते देखि माघ २३ गते शुक्रवारसम्म पठन पाठन स्थगित गरिएको उल्लेख छ ।

त्यस्तै बिदाका समयमा विद्यालयको प्रशासनिक कार्यहरु नियमित रुपमा सञ्चालन गर्न गराउन सबै सामुदायिक, संस्थागत तथा मदरसा विद्यालयहरुलाई आग्रह गरिएको शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर मल्लले जानकारी दिनुभयो ।

पछिल्लो केही दिनदेखि बाँकेमा चिसो बढेपछि यसअघि नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाले समेत तीन दिनका लागि बिद्यालय बन्द गरिएको छ ।

Previous articleफोटो बारे नेपालगन्जमा अन्तरक्रिया
Next articleप्रतिनिधिसभा विघटन विरुद्ध नेपालगन्जमा प्रदर्शन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here