प्रतिनिधिसभा विघटन विरुद्ध नेपालगन्जमा प्रदर्शन

नेपालगञ्ज । प्रतिनिधिसभा विघटन विरुद्ध बाँकेमा पनि प्रदर्शन गरिएको छ । नेपाली कांग्रेसका भातृ संगठनहरुको आयोजनामा सोमवार नेपालगञ्जमा प्रदर्शन गरिएको हो ।

प्रदर्शनपछि त्रिभुवनचोकमा आयोजित विरोधसभामा बोल्दै नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइरालाले संविधान विपरित गरिएको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध कांग्रेस सडकमा आएको बताउनुभयाे । कोइरालाले संविधानमै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेकाले संविधानको रक्षार्थ कांग्रेस आन्दोलित भएकाे उल्लेख गर्नुभयो ।

विरोधसभामा नेपाल दलित संघका केन्द्रिय उपाध्यक्ष कृष्ण रसाइली, तरुण दलका पूूर्व केन्द्रिय सदस्य सुदिपनरसिंह राणा, तरुण दल बाँकेका अध्यक्ष विरेन्द्र बहादुर शाह, नेविसंघका अध्यक्ष पूूर्णप्रसाद आचार्य, महिला संघकी अध्यक्ष नारायणी रुपाखेती, तरुण दल राप्तीसोनारी अध्यक्ष कुलबहादुर केसीले सम्बोधन गर्नुभएकाे थियाे ।

विरोधसभा पूर्व पार्टी कार्यालय सुर्खेतरोडबाट निस्केको र्याली विपी चोक हुँदै त्रिभुवनचोक पुुगेको थियो । साेमबार देशभर ७७ वटै जिल्लामा भ्रातृ संगठनहरुको आयोजनामा विरोध प्रदर्शन गरिएको छ ।

Previous articleखजुराका बिद्यालय २३ गतेसम्म बन्द
Next article“कम्युनिष्ट पार्टीहरु मिलेर जानु बाहेक विकल्प छैन” पार्टी एकता अभियान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here