नेपालगञ्ज ९ का वडा अध्यक्ष लामाको निधन

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष विष्णु बहादुर लामाको निधन भएको छ ।

५२ बर्षीय वडा अध्यक्ष लामाको उपचारकै क्रममा काठमाडौंको मेडिसिटी अस्पतालमा बिहीबार साँझ निधन भएको परिवारले जनाएको छ ।

जन्डिस, कलेजो सम्बन्धी समस्याले ग्रसित हुनुहुन्थ्यो । उहाँ १ महिनादेखि नियमित उपचारमा समेत रहनुभएको परिवारको भनाई छ ।

वडा अध्यक्ष लामा तत्कालिन एमाले पार्टीबाट वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

Previous articleविवाद समाधानमा प्रहरीको उपस्थिति बढयो : अगुवा महिला
Next articleकांग्रेस निकट लोकतान्त्रिक खेलकुद संघको पुनर्गठन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here