विवाद समाधानमा प्रहरीको उपस्थिति बढयो : अगुवा महिला

बनकटी । गाउँ घरमा हुने विवाद समाधानमा प्रहरीको उपस्थिति राम्रो रहेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । समुदायमा सृजित विवाद व्यवस्थापनका लागि स्थानीय स्तरमै प्रहरी सक्रिय हुने गरेको बुधबार बनकटीमा आयोजना गरिएको समुदाय प्रहरी संवाद कार्यक्रमका सहभागिहरुले बताएका हुन ।

स्थानीय स्तरमा हाल घरेलु हिंसाका समस्या बढि रहेको सहभागिहरुले बताए । त्यसपछि बाल विवाहको अवस्था पहिलेको भन्दा कम भएपनि भागेर जाने चलन बढेको प्रति सहभागिले चिन्ता व्यक्त गरे ।

बाल विवाह मुद्दामा प्रहरीका साथै सबैतिर कडाई हुँदै गएपछि हाल गाउँघरमा बाल विवाहका घट्ना कमै देखिएको सहभागिले बताए । महिलाहरुको सहभागिता बढि रहेको कार्यक्रममा बहु विवाहबिरुद्ध कडा नियम कानून बनेकाले सो घटना पनि अब कम देखिएको बताएका छन् ।

पहिलेको भन्दा अहिले प्रहरीको समन्वय सहकार्यमा पनि सक्रियता बढेको सहभागिहरुको भनाई थियो । यद्दपि कतिपय घट्नामा राजनीतिक दबाब धेरै मात्रामा आउने गरेको प्रहरीले बताएका छन् ।

मधेश मानव अधिकार गृह (माहुरी होम) मार्फत डुडुवामा संचालनमा रहेको सहज परियोजना अन्तर्गत बुधबार आयोजना गरिएको कार्यक्रममा डुडुवा गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष भण्डारीलाल यादव, इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरिक्षक पूर्ण बहादुर खत्री, वडा सदस्य, स्थानीय अगुवा महिला लगायतको उपस्थितिमा भएको परियोजना संयोजक सुनिता पोखरेलले जानकारी दिनुभयो ।

समुदायमा रहेका सुरक्षा तथा न्याय सम्बन्धी प्रमुख सवालहरुको पहिचान गर्नु, सुरक्षा तथा न्यायको सेवाहरु आदान प्रदानमा भएको अवरोध तथा कठिनाईहरुको पहिचान गर्न सहयोग पुर्याउन, सिमान्तकृत समुदायका महिला तथा किशोरीहरुलाई उजुरी दिन र हिंसा बिरुद्ध आवाज उठाउन उत्प्ररित गर्न र बिभिन्न कारणले प्रहरी र समुदायबीच भएको असमझदारीलाई कम गर्दै आपसी सहकार्यलाई अझ बलियो बनाउने उद्देश्यका साथ कार्यक्रम गरिएको सुपरभाईजर शिव कुमार जैसवालले बताउनुभयो ।

Previous articleनेपाल प्रेस युनियनको नवौं महाधिवेशन जेष्ठमा हुने
Next articleनेपालगञ्ज ९ का वडा अध्यक्ष लामाको निधन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here