
नेपालगन्ज । ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेले स्वीप अपरेशन नामक १५ दिने अभियान शुरू गरेकाे छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार ईलाका प्रहरीले बिहिवारबाट “Sweep Operation” नामक अभियान शुरुवात गरेको हाे ।
समाजमा शान्ती सु-व्यवस्था तथा अमन-चयन कायम गर्न, सडक दुर्घटना, लागू औषध दुर्व्यसनी तथा सामाजिक अनुशासन बिरुद्ध कारवाही गर्ने उद्वेश्यका साथ यस्ताे अभियान शुरू गरिएको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।
यस कार्यक्रमलाई सफल बनाई सुरक्षित समाज निर्माणार्थ आम नागरिकबाट अपराधको सूचना, समन्यव र सहकार्य हुने रहने प्रहरीको अपेक्षा छ ।
यसैबीच Operation को शुरुवाती चरणमा परिचालित भएको ईलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले एक थान भरूवा बन्दुक बरामद गरेकाे छ ।
टाेलीले कोहलपुर नगरपालिका वडा नं-१३ स्थित सिम्री गाउँको जंगल छेउको ओडारबाट एक थान भरुवा बन्दुक बरामद गरेको हाे । सो बन्दुक वन्य जन्तुको शिकार गर्ने अबैध कार्यमा प्रयोग भएको हुन सक्ने आशंकासंगै साेतर्फ थप अनुसन्धान केन्द्रित गरिएको छ ।





