वडा अध्यक्षको निधनमा २३ वटै वडा कार्यालय बन्द

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ९ का अध्यक्ष बिष्णु बहादुर लामाको निधनमा उपमहानगरपालिकाले आफ्ना सबै सेवा एक दिनका लागि बन्द गरेको छ । शुक्रबार बिहान एक सूचना जारी गर्दै उपमहानगरपालिकाले वडा अध्यक्षको असामयिक निधनको खबरले मर्माहत एवं स्तब्ध भएको जनाउँदै शुक्रबार एक दिनका लागि सबै सेवा बन्द गरिएको जनाएको छ ।

जारी सूचनामा नेपालगञज उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यालय र यस उपमहानगरपालिका अन्तर्गतका २३ वटै वडा कार्यालयबाट प्रदान गरिने अत्यावश्यक सेवाहरु बाहेक सम्पूर्ण सेवाहरु माघ २३ गतेका दिन एक दिन बन्द गरिएको उल्लेख छ ।

साथै सेवा बन्द गरिएका कारण सेवाग्राहीमा पर्न जाने असुबिधाको क्षमा समेत उपमहानगरपालिकाले मागेको छ । वडा अध्यक्ष लामाको बिहिबार साँझ काठमाण्डौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । लामा वडा नं ९ को वडाअध्यक्षका साथै उपमहानगरपालिका कार्यपालिका सदस्य समेत रहनुभएको थियो ।

Previous articleसाउदीले भरीभराउ स्थानलाई ३० दिनका लागि बन्द गर्दै, राहदानी संकलनका लागि अस्थायी कार्यालय स्थगन
Next articleयोगिनीको उद्घाटनमा मुस्कान युवा क्लब, ध्रुवतारा र भानु मावि विजयी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here