
नेपालगन्ज । संसद बिघटनको बिरोधमा जनता समाजवादी पार्टी बाँकेले शुक्रबार पुन नेपालगन्जमा बिराेध प्रदर्शन गरेकाे छ ।
पहिलाे र दोस्रो चरणको बिरोधका बिभिन्न कार्यक्रमहरु सम्पन्न गरिसकेको जसपाले तेस्रो चरणको कार्यक्रम अन्तर्गत शुक्रबार नेपालगंजकाे त्रिभुवन चाेकमा जनप्रदर्शन एंव बिरोध सभा गरेको हाे ।
जसपा बाँकेका कार्यवाहक अध्यक्ष राजन राना मगरको अध्यक्षतामा भएकाे प्रदर्शनमा जसपाका केन्द्रीय सदस्य राम कुमार यादव, जसपा नेता लक्ष्मी नारायण बर्मा, कौशल कुमार धोबी, संघीय परिषद् सदस्य राषिद कुरैशी, प्रदेश सदस्य माजिद अलि शेष, तबस्सुम अन्सारी, रमा रानी वैश्य, जसपा महिला संघ जिल्ला अध्यक्ष दीपा राना मगर लगायतले सभालाई सम्बाेधन गरेकाे जसपा बाँके सचिव राजेन्द्र बिश्वकर्माले जानकारी दिनुभयाे ।





