ट्रेेड युनियन कांग्रेसले शनिबार सरकार विरुद्ध प्रदर्शन गर्दै

नेपालगन्ज । नेपाली कांग्रेसका सबै शुभेच्छुक संस्थाहरुले ७७ जिल्लामा शनिबार बिरोध प्रदर्शन गर्ने भएका छन् ।

प्रतिनिधिसभा विघटन विरुद्ध कांग्रेसका सबै १८ वटै शुभेच्छुक संस्थाहरुको आयाेजनामा बाँकेमा पनि ट्रेड युनियन कांग्रेसको नेतृत्वमा प्रदर्शन हुने भएको हो ।

बाँकेमा कांग्रेसका ७ वटा शुभेच्छुक संस्थाहरुद्वा गरिने प्रदर्शनकाे नेतृत्व ट्रेड युनियन कांग्रेस बाँकेका अध्यक्ष राम बहादुर मल्लले गर्नुहुनेछ ।

शनिबार ११ बजे बिहान नेपाली कांग्रेस पार्टी कार्यालयबाट सुरु हुने बिरोध प्रदर्शनमा शुभेच्छुक संस्थाहरुका नेता-कार्यकर्ता तथा पार्टीका नेताहरुलाई समेत सहभागी हुन अध्यक्ष मल्लले आग्रह गर्नुभएकाे छ ।

बाँकेमा बिरोध प्रदर्शनमा सहभागी हुने शुभेच्छुक संस्थाहरुमा नेपाल शिक्षक संघ, नेपाल प्रजातान्त्रिक प्राध्यापक संघ, डिएलए, नेपाल निजामती कर्मचारी युनियन, नेपाल प्रेस युनियन, नेपाल सांस्कृतिक संघ र नेपाल ट्रेड युनियन कांग्रेससँग आवद्ध २१ वटा संघको सहभागिता हुने भएको छ ।

Previous articleजसपा बाँकेद्वारा तेस्रो चरणकाे बिराेध प्रदर्शन
Next articleसाेहन र कैलाशनाथ किसान महासंघको सदस्यमा चयन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here