साउदीमा कोरोना संक्रमित एकातिर घट्दै अर्कोतिर थपिँदै

अरशद शेष राई, साउदी अरेबिया ।

नोबेल कोरोना भाइरस अर्थात कोभिड -१९ महामारीले बिश्वभरका मुलुकहरुमा दोस्रो र तेस्रो लहर आइरहँदा खाडी मुलुक साउदी अरेबियाले आफ्नो देशबाट कोरोना महामारीलाई समाप्त पार्दै अगाडि बढी रहेकै बेला पुन: एक पटक नयाँ कोरोना भाइरसले दस्तक दिएको छ । बिगत केहीदिन देखि साउदी अरेबियामा पनि कोरोना संक्रमित रहेकामध्ये जहाँ उपचारपछि एकातिर संक्रमित घट्छन् भने अर्कोतिर नयाँ कोरोना भाइरसका संक्रमितहरु दिनदिनै थपिदै छन् ।

केहीदिन देखि साउदी अरेबियामा कोरोना संक्रमित भई उपचारपछि निको हुनेको संख्या भन्दा नयाँ भेटिने कोरोना संक्रमितको संख्या दिनप्रति बढ्दै गएको साउदी स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको हो ।

साउदी अरेबियामा सोमबार साढे ३ सय भन्दा बढी नयाँ कोरोना संक्रमितहरु भेटिएका छन् जबकि सोमबार मात्रै उपचारपछी निको भई घर फर्किनेको संख्या २ सय ९८ जना रहेका छन् । कोरोना संक्रमणले गर्दा साउदी अरेबियामा सोमबार चार जनाको ज्यान गएको साउदी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सोमबार साउदी अरेबियामा नयाँ भेटिएका कोरोना संक्रमित मध्ये साउदी अरेबियाको राजधानी रियादमा १ सय ६४, पूर्बी क्षेत्रमा ८०, पबित्र शहर मक्का ४७ , अलबहा १८ जना तथा अन्य शहरमा गरि ३ सय ५६ जना कोरोना संक्रमितहरु भेटिएका हुन् ।

कोरोना भाइरसका कारण साउदी अरेबियामा हालसम्म संक्रमित हुने संख्या ३ लाख ७० हजार ६ सय ३४ जना रहेका छन जबकि हाल सम्म उपचारपछि निको भई घर फर्किनेको जम्म संख्या ३ लाख ६१ हजार ८ सय १३ जना पुगेका छन । कोरोना भाइरस अर्थात कोभिड १९ ले गर्दा साउदी अरेबियामा हाल सम्म ६ हजार ४ सय ६ जनाको मृत्यु भइसकेको छ । साउदी अरेबियामा हाल २ हजार ४ सय १५ जना सक्रिय कोरोना भाइरसका संक्रमितहरु रहेका छन् भने ४ सय १ जना कोरोना संक्रमित गम्भीर अवस्थामा रहेको साउदी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

साउदी सरकारले कोभिड – १९ संक्रमणको महामारी रोकथाम तथा नियन्त्रणमा ल्याउनका लागि ४ फेब्रुअरी २०२१ राती १० बजे देखि लागू हुनेगरी ३० दिनका लागि होटल, पार्टीप्यालेस, व्यागंक्वेट, रेस्टुरेन्ट र यस्तै किसिमका भिडभाड हुने स्थानमा कुनै पनि कार्यक्रम गर्न बन्देज लगाउनुको साथ साथै केही दिनअघि नै २० वटा देशको अन्तर्राष्ट्रिय हवाई तथा स्थलमार्गबाट साउदी अरेबियामा हुने आवागमन स्थगन गरेको छ ।

Previous articleप्रभात माबिमा “निर्वाचन–२०७७” सम्पन्न
Next articleलागु औषध ब्राउन सुगरसहित दुई जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here