बाँके रेडक्रसको ३९ औं साधारण सभा सम्पन्न

खजुरा । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाले आफ्नो ३९ औं जिल्ला वार्षिक साधारण सभा विहिवार खजुरामा सम्पन्न भएको छ । खजुरा स्थित बागेश्वरी उपशाखाको आतिथ्यतामा सम्पन्न साधारण सभाको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख अजयकुमार श्रीवास्तवले रेडक्रस जस्तो मानविय सेवामा समर्पित सेवालाई थप सकृय वनाउन अनुरोध गर्नुभयो ।रेडक्रसलाई “जँहा नपुगे रवि, त्यँहा पुगे कवि”भने झै विपद्को क्षेत्रमा कृयाशिल रहेको स्मरण गर्दै बाँके शाखाको भुमिका उत्कृष्ट रहेको वताउनुभयो ।

खजुरा गाँउपालिकाका प्रमुख किस्मत कक्षपतिले स्थानीय तहसगै रेडक्रस विपदमा सधैसंगै रहेको बताउनुभयो । उहाँले निकट भविष्यमा क्यान्सर अस्पतालमा रक्तसंचार सेवा संचालनका लागि रेडक्रसलाई अनुरोध गर्दै विपद् भन्ने वित्तिकै सवैले सधै रेडक्रस सम्झने गरेको कुरा उल्लेख गर्नुभयो । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जिल्लामा रेडक्रसले कोभिड १९ लगायत विपद् व्यवस्थापनमा अग्रणी भूमिका खेलेकोमा प्रंशसा गर्नुभयो ।

गैरसरकारी संस्था महासघ वाँकेका अध्यक्षले नमस्कार शाहले कोभिड १९ को महामारीमा रेडक्रस लगायत संघ संस्थाले उल्लेख्य भूमिका निभाएको वताउदै रेडक्रसको कृयाकलापले महामारी नियन्त्रणमा सहयोग पुगेको वताउनुभयो । बागेश्वरी उपशाखाका सभापति जिवनाथ सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा बाँके शाखाका सभापति गोर्वधन सिंह सम्झनाले बाँके शाखाले कोरोना महामारीको चुनौतीकाविच रेडक्रस स्वयंसेवकहरु परिचालन भएको जानकारी गराउनु भयो ।सभामा बर्षभरी रेडक्रस अभियानलाई प्रसार प्रचार गरि योगदान गरेको जनमत अर्धसाप्ताहिकलाई उत्कृष्ट संचार प्रतिष्ठानको रुपमा नगद सहित सम्मान गरिएको छ । यसैगरि उत्कृष्ट उपशाखा सेवा पुरस्कारवाट बागेश्वरी उपशाखालाई सम्मानित गरिएको छ ।

सभामा वार्षिक प्रगति प्रतिवेदन शाखाका मन्त्री अजिज अहमद सिद्दिकीले प्रस्तुत गर्दै १ लाख ५५ हजार ५ सय ८७ जना लाभान्वित भएको प्रतिवेदन प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष राकेश कुमार श्रीवास्तवले २ करोड ३५ लाख १७ हजार ३ सय ४२ रुपिया खर्च विवरण र ०७८÷०७९ को ३ करोड ३२ लाख ४५ हजार ५ सय वारवरको विनियोजित वजेट प्रस्तुत गर्नु भएको थियो । १७ वटा उपशाखाका प्रतिनिधिहरुको सहभागितामा सम्पन्न साधारण सभाले प्रस्तुत कार्यक्रम र वजेटमाथी छलफल गरि स्विकृत गरेको छ । उक्त कार्यक्रमको सञ्चालन शाखाका वरिष्ठ शाखा अधिकृत दोलखबहादुर डाँगीले गर्नुभएको थियो ।

Previous articleप्रजिअ कुरूम्वाङ र जनस्वास्थ्य अधिकृत श्रेष्ठ सम्मानित हुने
Next articleनेपालगन्जमा अनलाईन बिजिनेस फेस्टिबल शुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here