
नेपालगन्ज । कोरोना महामारीमा उत्कृष्ट काम गरेको भन्दै बाँकेका सिडियो राम बहादुर कुरुम्वाङ र बर्दियाका जन स्वास्थ्य अधिकृत नरेश श्रेष्ठ सम्मानित हुनु हुने भएकाे छ ।
उहाँहरू दुबै जनालाई प्रधानसेनापति प्रशंसा तथा प्रशस्ती पदकबाट सम्मानित गरिने भएको हाे ।
नेपाली सेनाले आफ्नो स्थापना दिवसको दिन प्रजिअ कुरुम्वाङ र अधिकृत श्रेष्ठलाई ‘प्रधानसेनापती प्रशंसा निशान तथा प्रशस्ती’ पदक दिने घोषणा गरेको छ ।
कुरुम्वाङ र श्रेष्ठले कोभिड नियन्त्रण, व्यवस्थापन र उपचारमा उल्लेखनीय भुमिका निभाएको सेनाले निस्कर्ष निकालेको छ । उक्त सम्मान शिबरात्रीको दिन एक कार्यक्रमकाबीच दिने सेनाले जनाएको छ ।





