मिर्चैयामा निर्मित तीन कोठे बिद्यालय भवनको उद्घाटन तथा हस्तान्तरण

ठाकुरबाबा । प्लान इन्टरनेशन नेपालको आर्थिक सहयोगमा बर्दियाको ठाकुरबाबा नगरपालिका वडा न ३ को मिर्चैयास्थित हिमालय आधारभुत बिधालयमा नवनिर्मित तीन कोठे भवनको उद्घाटन गरिएको छ । सोही अवसरमा उक्त भवनलाई स्थानीय सरकारलाई हस्तान्तरण समेत गरिएको हो । ठाकुरबाबा नगरपालिकाको समन्वयमा प्लान नेपाल क्षेत्रीय कार्यालय प्रदेश नं ६ सुर्खेतको आर्थिक सहयोगमा र सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) बाँकेको नेतृत्वमा निर्माण भएको भवनको बिहीबार उद्योग, बाणिज्य तथा आपुर्ति राज्यमन्त्री बिमला बि.कले एक समारोहकाबीच उद्घाटन गर्नुभएको हो ।

सो अवसरमा राज्य मन्त्री बिकले गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको र यसका लागि राज्य लागि परेको उल्लेख गर्दै ठाकुरबाबाका बालबालिकाहरुको शौक्षिक गुणस्तर बृद्धि गर्ने योजनामा सरकार हातेमालो गर्न तयार रहेको बताउनुभयो । साथै राज्य मन्त्री बिकले बालमैत्री र सुरक्षित भवन निर्माण गर्ने कार्यमा सहयोग गर्ने प्लान, स्याक नेपाल बाँकेलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।प्लान नेपालकी एलिजाबेद सातोवले प्लानले लिएको लक्ष्य र महत्वका बारेमा बताउदै बालबालिकामुखि संस्था भएको तथा बिधालय तहमा सिकाइ, बालबालिकाहरुको व्यवहारमा परिर्वतन गर्न आवश्यक देखिएको बताउनुभयो । आजका बालबालिका भोलिका कर्णधार भएको र जग बलियो भएको खण्डमा घर बलियो हुन्छ भन्ने भनाई जस्तै बालबालिकाको सिकाइ स्तर बृद्धि गर्न लागिरहेको बताउनुभयो । प्लान नेपाल क्षेत्रीय कार्यालय सुर्खेतकी प्रबन्धक मिना पराजुलीले भवन निर्माण मात्र मुल मर्म नभई बालबालिकाको शैक्षिक बिकासको मुख्य ध्ये रहने भएकाले निर्माणधिन भवनमा लैगिंकमैत्री तथा बालमैत्री कक्षा शिक्षण भई बालबालिकाको सिकाइमा प्रभाव पर्ने अपेक्षा गरिएको बारे बताउनुभयो ।

यस्तै ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत रामहरी रिजालले शिक्षाको क्षेत्रलाई मुख्य बिषय बनाई लामो समयदेखी संस्थाले साझेदारी तथा समन्वय गर्दै कामहरु गरिरहेको र यसको प्रत्यक्ष प्रभाव बिधालय तहमा देखिएकाले आगामी दिनमा समेत यस कार्यलाइ निरन्तरता दिनुपर्ने बताउनुभयो । तीन कोठे भवन, शौचालय मर्मत तथा तारजाली निर्माण र कक्षा कोठा व्यवस्थापनको सामाग्री खरिदसहित ४७ लाख ११ हजार १ सय ५६ रुपैया ४४ पैसाको लागत खर्च भएको स्याक नेपालका अध्यक्ष शिवलाल पाण्डेले जानकारी दिनुभयो । १–फेब्रुअरी २०२० देखि ३१ जनवरी २०२१ सम्मको निर्माण सम्झौताको ठेकेदार जय गुरुदेव कन्ट्रक्सन कम्पनीले ३७ लाख ८१ हजार ५ सय ८१ रुपैया ७९ पैसामा तीन कोठे भवन निर्माण, २ लाख ६३ हजार २ सय ८० रुपैया २६ पैसाको लागतमा शौचालय मर्मत तथा तारजाली निर्माण र २ लाख ९० हजार रुपैयाको कक्षा कोठा व्यवस्थापन सामाग्री र ३ लाख ७६ हजार २ सय ९४ रुपैया ३९ पैसाको लागतमा बाहिरि तथा भित्र खेल सामाग्री, दराज र ह्वाइट बोड खरिद भएको संस्थाले जनाएको छ ।कार्यक्रमकै क्रममा लामो समयदेखि योगदान गर्ने संस्थापक सदस्य, सेवा तथा सहयोग गर्नेे संस्था, सामुदायिक वन र निर्माणका क्रमाम खटिएका परियोजना कर्मचारीलाई प्रशंसा पत्रले सम्मानित गरिएको छ । बिधालय व्यस्थापन समितिका अध्यक्ष राम कुमार थारुको सभापतित्वमा शिक्षक चुडामणी शर्मा अर्यालले संचालन गर्नुभएको कार्यक्रममा कार्यक्रममा ठाकुरबाबाका जनप्रतिनिधि, वडाअध्यक्ष, स्थानीय बिधालयका प्रधानाध्यापक, समाजसेवी, बुद्धिजीवि, बडघर अगुवा, अभिभावक र बिद्यार्थीको उपस्थिति रहेको पिरियोजनाका सिनियर कार्यक्रम अधिकृत लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो ।

Previous articleकस्तुरीको बिनासहित नेपालगञ्जबाट पाँच जना पक्राउ
Next articleअनलाईन बिजनेस फेस्टिबल जारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here