कस्तुरीको बिनासहित नेपालगञ्जबाट पाँच जना पक्राउ

नेपालगञ्ज । कस्तुरीको बिनासहित नेपालगञ्जबाट पाँच जना पक्राउ परेका छन । नेपालगञ्ज उपमहानगरपालिका वडा नं १ मा स्थित लौटन थारुको घरबाट कस्तुरीको बिना र जङ्गली जनावरको दाँत सहित बाँके प्रहरीले ५ जना पक्राउ हो ।

बन्यजन्तुको अबैध रुपमा खरिद बिक्रि भई रहेको गोप्य सूचनाको आधारमा थारुको घर खान तलासी गर्दा पार्वती थापाले बोकेको रातो लेडिज ब्याग भित्र खैरो रङसहितको कस्तुरीको बिना जस्तो पदार्थ र जंगली जनावरको दाँत फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं १० का ५२ वर्षीय लौटन थारु, वडा नं ४ का २६ वर्षीय कमल परियार, बढैयाताल गाउँपालिका वडा नं ५ की २५ वर्षीया पावर्ती थापा, वडा नं ७ का ४५ वर्षीय रामशरण थारु र जाजरकोटको नलगाढ नगरपालिका वाड नं १० का २७ वर्षीय धनराज थापा रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका ब्यक्ति तथा बरामद गरीएको सामग्रीलाई आवश्यक कारबाहीका लागी जिल्ला वन कार्यालय नेपालगंजमा पठाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Previous articleफागुन २ बाट दोस्रो चरणको खोप अभियानमा पत्रकारलाई पनि लगाइने
Next articleमिर्चैयामा निर्मित तीन कोठे बिद्यालय भवनको उद्घाटन तथा हस्तान्तरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here