सिक्री चाेर पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले सिक्री चाेरी गरेका एक जनालाई पक्राउ गरेकाे छ ।

जिल्ला प्रही कार्यालय बाँकेका अनुसार अन्य जिल्लामा सिक्री चाेरेर बाँकेमा बस्दै आएका कालिकोट रास्कोट नषरपालिका वडा न.१ बस्ने ३५ वर्षीय प्रकाश शाहीलाई पक्राउ गरेकाे हाे ।

शाहीलाई ५९ हजार नगद र माेटरसाईकलसहित बाँकेकाे कोहलपुर नगरपालिका वडा नं-३ किरणनाला नजिकै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको छ ।

शाहीले कैलालीकाे चुरे गाउँपालिका वडा नं-५ खानीडाँडा स्थित होटेलमा नास्ता खाने क्रममा होटेल संचालकलाई नसाजन्य पदार्थ मिसिएको जुस खुवाई निजको दुई तोलाको सुनको सिक्री र तीन लाख २० हजार लुटेर फरार रहेकाे प्रहीले जनाएको छ । पक्राउ परेका शाहीसंग भे ४ प ९५२५ नम्बरको मोटरसाईकल नियन्त्रणमा लिएको छ ।

Previous articleअनलाईन बिजनेस फेस्टिबल जारी
Next articleअवधी पत्रकार संघ नेपालले सक्रियता बढाउँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here