
कम्दी । अवधी पत्रकार संघ नेपालकाे भवन निर्माण कार्यले तिब्रता पाउने भएकाे छ । संघकाे शनिबार डुडुवा गाउँपालिका वडा नं-५ काे कम्मरशाह बाबा मजार स्थलमा सम्पन्न भएकाे भेला तथा प्रशिक्षण कार्यक्रमले भवन निर्माण कार्यलाई तिब्रता दिने निष्कर्ष निकालेकाे हाे ।
भेलामा सहभागी अतिथिहरूले संघकाे भवन निर्माणका लागि सहयाेग गर्ने प्रतिबद्धता जनाएपछि संघले भवन निर्माण कार्यलाई तिब्रता दिने निष्कर्ष निकालेकाे हाे ।
कार्यक्रमका प्रमुख अतिथि नरैनापुर गाउँपालिका अध्यक्ष माेहम्मद ईस्तियाक अहमद शाह, प्रेस युनियनका केन्द्रीय सदस्य जयसिंह केसी, नेपालगन्ज उद्योग वाणिाज्य संघका निवर्तमान अध्यक्ष तथा कसाैंधन वैश्य समाजका अध्यक्ष नन्दलाल वैश्यले आर्थिक तथा भाैतिक सहयाेग गर्ने प्रतिबद्धता जनाउनुभएकाे छ ।
संघकाे बिकासका लागि अध्यक्ष शाह तथा पत्रकार केसीले ५१/५१ हजार नगद र बैश्यले हुन सक्ने सहयाेग गर्ने प्रतिबद्धता जनाउनुभएकाे हाे । भेलामा बाेल्दै शाहले प्रतिबद्धतासंगै संघले संस्थागत बिकास अवधी भाषी पत्रकार र समुदायकाे उत्थानका लागि सक्रियता देखाउनुपर्नेमा जाेड दिनुभयो ।
संघका केन्द्रीय अध्यक्ष राकेश मिश्रले प्रेस स्वतन्त्रता सेनानीद्वय पन्नालाल गुप्त र राम गाेपाल बैश्यकाे स्मृतिमा पन्ना,रामगोपाल अवधी पत्रकारिता पुरस्कार लागि अक्षय काेष स्थापना गरेकाे जानकारी गराउँदै काेषमा आफुले ११ हजार सहयाेग गर्ने प्रतिबद्धता जनाउनुभएकाे छ । साथै उहाँले साे अक्षय काेषका लागि सबैलाई सहयोग गर्न अनुराेध समेत गर्नुभएको छ ।
भेलामा संघका संस्थापक अध्यक्ष सूर्यलाल यादव, बरिस्ठ अधिवक्ता बिजय गुप्ता, नेपाल पत्रकार महासंघ बाँकेका सहसचिव सकिल अहमद कादरी, प्रेस मंच नेपालका अध्यक्ष आशिष गुप्ता र रामगोपाल स्मृति प्रतिष्ठानका उपाध्यक्ष अजय गुप्ताले संघले आगामी दिनमा अपनाउनुपर्ने रणनीति, खेल्नुपर्ने भुमिकाका बारेमा बाेल्नुभएकाे थियाे ।
संघ बाँकेका अध्यक्ष चन्द्रेश्वराज त्रिपाठीकाे अध्यक्षतामा भएकाे भेलालाई संघका केन्द्रीय उपमहासचिव गुरूमुरत यादवले संचालन गर्नुभएको थियाे ।





