मताधिकार निष्पक्ष र स्वतन्त्र हुनु पर्नेमा जोड

गुलरिया । बर्दियामा निर्वाचन आचार संहिता कार्यन्वयनमा सरोकारवालाहरु सँगको भुमिका विषयमा अन्तरक्रिया गरिएको छ ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको अध्यक्षतामा गरिएको कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकार संघ संस्थाका प्रमुख तथा प्रतिनिधी, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी, नागरिक समाज, संचारकर्मी लगायतको उपस्थिती रहेकाे थियो ।

निर्वाचनका बेला मतदाताले आफनो मौलिक हकको रुपमा प्रयोग गर्न पाउने मताधिकारको निष्पक्ष र निर्भिक रुपमा गर्न पाउने पर्नेमा जोड दिइएको छ । कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टीका नेता केवश यादवले निर्वाचन स्वातन्त्र रुपले हुनु पर्ने बताँउदै निर्वाचन कार्यालय कुनै राजनैतिक भन्दा माथी उठेर सवै पार्टी तथा दललाई समान किसीमले निर्वाचन सम्बन्धि आंचारसहिता गराउनु पर्ने तर्क राख्नुभयो ।

साना पार्टीका लागी निर्वाचन आचारसंहिता मात्र लागु नगरि निर्वाचनका बेला ठुला दल भनाउँदाहरुको क्रियाकलापलाई समेत हेरी कार्वाहीको दायरा ल्याउनु पर्ने उहाँको भनाई थियो ।

राजनैति पार्टीका सदस्यहरुले निर्वाचनका समय गाँउ गाँउमा विभिन्न किसीमका कार्यक्रम तथा निर्वाचन आंचार संहिता उलघंनका थुप्रै घटना हुने गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी बर्दियाका अध्यक्ष भिम बहादुर बोहराले बताउनुभयो ।

आचार संहिताका कार्यन्वयन निष्पक्ष रुपमा नभएको उहाँको भनाई थियो । निर्वाचनका बेला गाँउ गाँउमा मासु रक्सी सहितका खानपिनका कार्यक्रम थुप्रै स्थानमा हुँदा सम्बन्धित निकाय मौन हुनले यस्तर्फ समेत उहाँले ध्यानाकर्षण गराउनुभयो ।

जिल्ला निर्वाचन कार्यलय बर्दियाले गुलरियामा आयोजना गरेका उक्त निर्वाचन आचार संहिता कार्यन्वयनमा सरोकारवालाहरु सँगको भुमिका विषयमा अन्तरक्रियामा बर्दिया जिल्लामा निर्वाचनको प्ररम्भिक अवस्थाका बारेमा जानकारी गराइएको थियो ।

जिल्लामा १ सय ५३ वटा मतदान स्थल रहेकोमा ३ सय ५७ मतदान केन्द्र रहेका छन । जम्मा २ लाख ९५ हजार ५ सय ७ जना मतदाता रहेकोमा मृत्यु भएका २ सय २, नागरिकता हराएको ५ जना, दोहोरो परेको १ जना हटाई २ लाख ९३ हजार ४ सय ८० जना मतदाता कायम गर्ने गरि निर्वाचन आयोगमा पठाइएको जिल्ला निर्वाचन कार्यलय बर्दियाले जानएको छ ।

कार्यलयका अनुसार बर्दिया जिल्लाका सामुदायिक विद्यालयहरुमा हाल निर्वाचन शिक्षा कार्यक्रम संचालन भइरहेका छ । १७ वटा सामुदायिक विद्यालयमा उक्त शिक्षा संचालन गर्नू पर्ने भएपनि अहिले सम्म ११ वटा उक्त शिक्षा पुरा भएको र ६ वटा सामुदायिक विद्यालयहरुमा निर्वाचन शिक्ष कार्यक्रम संचालन गर्न बाँकी रहेको जनाएको छ ।

Previous articleअन्तर्राष्ट्रिय महिला (नारी) दिवस मनाउन नेपालगञ्जमा तयारी शुुरू
Next article१३ वटा क्लबलाई खेलकुद सामाग्री सहयोग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here