अन्तर्राष्ट्रिय महिला दिवस बारे सरोकारवालासंग छलफल

नेपालगञ्ज । यही फागुन २४ गतेका दिन परेको अन्तर्राष्ट्रिय महिला दिवस २०२१ मनाउन नेपालगञ्जमा तयारी तीब्र पारिएको छ । नेपालगञ्जमा दिवसलाई भव्य बनाउन आयोजना गरिने कार्यक्रमहरुको तयारीमा तिब्रता दिइएको हो ।

दिवसलाई भब्य बनाउन अम्बिका पुनको संयोजकत्वमा गठित कार्यदलको सोमबार नेपालगञ्ज उपमहानगरपालिकामा बसेको बैठकले सो अवसरमा गर्न लागेको कार्यक्रमहरुसंग सरोकार राख्ने संघ संस्थाहरुसंग समन्वय सहकार्यका लागि छलफल गरेको छ । बैठकले सो क्रममा नेपालगञ्ज क्षेत्रमा रहेका गैरसरकारी संघ संस्थाहरुको सहभागितामा जोड दिएको छ ।

साथै बैठकले दिवसको सफलताका लागि सबै संघ संस्थालाई सहकार्य गर्न समेत आग्रह गरेको छ । यही फागुन २४ गते अर्थात ८ मार्चका दिन १११ औं अन्तर्राष्ट्रिय महिला दिवस २०२१ मनाउन लागिएको हो । यस वर्ष Woman in Leadership : Achieving an equal future in a COVID-19 World भन्ने अन्तर्राष्ट्रिय नारा र महिलाको सुरक्षा, सम्मान र रोजगार : सम्बृद्ध नेपालको आधार भन्ने राष्ट्रिय नारा तय गरिएको छ ।

दिवसका अवसरमा यस वर्ष वक्तृत्वकला प्रतियोगिता, र्याली तथा व्यानर प्रदर्शन, महिला तथा किशोरीहरुको सुरक्षाका लागि आत्मरक्षा तालिम र महिला फुटबल प्रतियोगिता लगायतका कार्यक्रमहरु गर्ने निर्णय गरेको छ ।

Previous articleनेपालगञ्जमा डेढ लाखलाई हात्ती पाईले राेगबिरूद्वकाे औषधी खुवाउने लक्ष्य
Next articleकोरोनाका कारण पाँच लाख अमेरिकीको मृत्यु, राष्ट्रिय झन्डा पाँच दिन झुकाइने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here