१० किलोकाे हात्तीकाे दाँत सहित एक पक्राउ

नेपालगन्ज :  बाँके प्रहरीले बैजनाथ गाउँपालिकाबाट १० किलोग्रामको हात्तिको दाँत सहित १ जनालाई नियन्त्रणमा लिएको छ ।

बैजनाथ वडा नंम्बर २ तिलकपुर वस्ने पुर्ण बहादुर थारुले वन्यजन्तुको कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको बिशेष प्रहरी टोलीले छापामारेको थियो ।

थारुको घर तलासी गर्ने क्रममा घरको पछाडी रहेको मन्दिर परिसरसंग रहेको १ कोठाको ट्वाईलेटको पुर्व तर्फ सेफ्टी ट्यांकी छेउमा निलो प्लाष्टिकले लपेटी सेतो बोरा भित्र रहेको २९ ईन्च लम्बाई, तौल गर्दा १० (दश) किलोग्राम तौल भएको हात्तिको दाँत जस्तो देखिने खैरो रंगको वस्तु फेला पारी बरामद गरि आवश्यक कारवाहीको लागी जिल्ला बन कार्यालय बाँके नेपालगंजमा पठाईएको छ ।

Previous articleनेपालगञ्ज विमानस्थलमा शुक्रबार पहिलो पटक वृहत आपतकालीन पूर्वअभ्यास
Next articleठाकुरबाबामा स्थानीय विपद् योजना निर्माण हुँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here