
ठाकुरबाबा । बर्दीयामा हरेक वर्ष आउने बाढी लगायत विभन्न विपद्संग समस्या झेल्दै आएको ठाकुरबाबा नगरपालिकाले त्यसको सामना गर्न विपद तथा जलवायू उत्थानशील योजना निर्माण कार्यलाई अघि बढाएको छ । नेपाल रेडक्रस सोसाईटी बर्दिया जिल्ला शाखाले संचालन गरेको पुर्वानुमानमा आधारित पूर्वकार्य एंव विपद्मुखि सामाजिक योजना परियोजनाको प्राविधक सहयोगमा उक्त योजना निर्माण कार्य अघि बढाईएको हो ।
नेपाल रेडक्रस सोसाईटी ठाकुरबाबा उप–शाखा बरर्दियाका सभापती यज्ञ नेपालको अध्यक्षता तथा ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरी रिजालको प्रमुख आथित्यतामा विहिवार ठाकुरबाबामा अभिमुखीकरण कार्यक्रमको आयोजना गरी विपद् तथा जलवायू उत्थानशील योजना निर्माण कार्यलाई कसरी सहज रुपमा निर्माण गर्ने तथा नेपाल सरकारले निर्माण गरेको विपद् तथा जलवायू उत्थानशील योजना निर्माणको निर्देशिकामा रही विपद्संग जुध्न पालिकालाई कसरी सहज बनाउने भन्ने विषयमा अभिमुखीकरण कार्यक्रममा सहभागीहरु विच छलफल भएको थियो ।
ठाकुरबाबाका विभिन्न वडाका अध्यक्ष तथा कार्यपालिका सदस्य, गाउँपालिका विपद शाखाका कर्मचारी, नेपाल रेडक्रस सोसाईटी ठाकुरबाबा उपशाखाका पदाधिकारी एंव स्वयंसेवकहरु तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागितामा सम्पन्न अभिमुखीकरण कार्यक्रमको सहजिकण परियोजनाका अधिकृत लौटन चौधरी र पालिका सहायक सन्तोष बोहराले गर्नुभएको थियो ।





