
अरशद शेष राई, साउदी अरेबिया
साउदी अरेबियास्थित नेपाली राजदुतावास रियादले नयाँ राहदानी लिनआउने सम्बन्धी सूचना प्रकाशित गरेको छ । यसका लागि राजदूतावासले शनिवार एक सूचना प्रकाशित गरि सबैलाई जानकारी गराएको हो ।
साउदी अरेबियाको राजधानी रियादमा रहेको नेपाली राजदुतावासमा राहदानी नविकरणका लागि १७ जनवरी २०२१ सम्म आवेदन दिनुभएका संलग्न लिष्टमा नाम भएका आवेदकहरूको राहदानी बनेर राजदूतावासमा आइसकेको दूतावासले जनाएको छ ।
संलग्न लिष्टमा नाम भएका आवेदकहरूले आफ्नो नयाँ राहदानी लिन आउँदा साथमा अनिवार्य पुरानो राहदानी र राजश्व बुझाएको सक्कल रसिद सहित दूतावासमा सम्पर्क गर्न दूतावासले सबैलाई अनुरोध गरेको छ ।
दूतावासले साउदी अरेबियाको पूर्वी क्षेत्र दमाम, जुबेल र खोबरबाट आवेदन दिनुभएका आवेदकहरूको लागि नयाँ राहदानी लिन आउने सूचना छिट्टै प्रकाशन गरिने नेपाली राजदूतावास, रियादले जनाएको छ ।












