
बाँके । महिलालाई लक्षित गरी नेपालगन्जमा आईतवारबाट पत्रकारिता तालिम संचालन हुने भएकाे छ ।
राज्यको चौंथो अंग पत्रकारीतामा महिलाको अर्थपूर्ण सहभागिताले नै समग्र समावेशिकरणको मुद्दा अर्थपूर्ण हुने उद्देश्यले नेपालगंज उपमहानगरपालिका वडा नं-४ को आर्थिक सहयोगमा मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्र (हुरीपप) ले १० दिने पत्रकारिता तालिम संचालन गर्न लागेकाे हाे ।
हुरीपपका अध्यक्ष आलम खानले महिला पत्रकारको क्षमता र दक्षता अभिबृद्धि मुलुकको समृद्धिका लागि अपहिार्य भएकोले पत्रकारिता तालिम आयोजना गरिएको बताउनुभयो ।
अध्यक्ष खानले राजनतिक संरचनाहरु महिला मैत्री बन्दै गएको भएपनि सामाजिक दृष्टिकोणहरु महिला प्रति अझै उदार बनि नसक्नु पत्रकार महिलाका लागि ठूलो चुनौती रहेको बताउनु भयो ।
पत्रकारितामा महिलाहरु व्यवसायिक रुपमा टिकि राख्न पत्रकारिता संस्थागत रुपमा हौसला र प्रोत्साह आवश्यक रहेको भन्दै लक्षित वर्गाको कार्यक्रमबाट किशोरीहरुलाई लक्षित गरी पत्रकारिता तालिमको आयोजना गर्न लागिएको नेपालगंज ४ का अध्यक्ष मोहम्मद सफिक बेहनाले जानकारी दिनुभयो ।
तालिममा १५ जना महिलाको सहभागिता रहने छ ।
तालिमलाई प्रेस संगठन नेपाल बाँकेका अध्यक्ष डक्ट प्रसाद धिताल, इसेतोखरीका सम्पादक कमल न्यौपाने लगायतका पत्रकारहरुले सहजीकरण गर्ने जनाईएकाे छ ।





