किशोरी तथा महिलाका लागि तीन दिने आत्मसुरक्षा तालिम संचालन हुँदै, सहभागिताका लागि अनुरोध

नेपालगञ्ज । किशोरी तथा महिलाहरुका लागि नेपालगञ्जमा तीन दिने आत्मसुरक्षा तालिम संचालन हुने भएको छ । यही फागुन २१ देखि २३ गतेसम्म नेपालगञ्ज उपमहानगरपालिकाले किशोरी तथा महिलाहरुका लागि आत्मसुरक्षा तालिम संचालन गर्न लागेको हो ।

किशोरी तथा महिलाहरुको आत्मसुरक्षा सम्बन्धी सीपको विकास गरी हिंसा प्रतिकार्यमा क्षमता अभिबृद्धिका लागि तालिम आयोजना गर्न लागेको भन्दै उपमहानगरपालिका महिला तथा बालबालिका शाखाले आइतबार एक सूचना जारी गरेको छ । उपमहानगरपालिकाकी महिला विकास अधिकृत शोभा शाहद्धारा हस्ताक्षरित सूचनामा चालु आर्थिक वर्ष २०७७,०७८ का लागि स्वीकृत कार्यक्रममध्ये महिला लक्षित कार्यक्रम अन्तर्गत यो कार्यक्रम आयोजना गरिन लागिएको महिला विकास अधिकृत मञ्जु पाण्डेयले जानकारी दिनुभयो ।

अधिकृत पाण्डेयले तालिममा सहभागिताका लागि किशोरी तथा महिलाहरुलाई आग्रह गर्नुभएको छ । तालिम लिन चाहने किशोरी तथा महिलाहरुले उपमहानगरपालिकाको महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक शाखामा फागुन २० गतेभित्र उपस्थिति भइ निवेदन दिन आह्वान गरिएको छ ।

साथै उपस्थिति हुन नसक्नेले उपमहानगरपालिकाको वेबसाईट www.nepalgunjmun.gov.np मा गई सहभागि फारम डाउनलोड गर्न सकिने शाखाले जनाएको छ । तालिमलाई दुई सिफ्टमा संचालन गरिने तयारी गरिएको छ । सहभागिहरुको सहजताका लागि पहिलो सिफ्ट बिहान ७ देखि १० बजेसम्म र दोस्रो सफ्टि २ देखि ५ बजेसम्म संचालन हुन लागेको हो ।

Previous articleहात्तीपाइले रोग निवारण कार्यक्रम शुरु
Next articleदोषीलाई कारवाही माग गर्दै त्रिभुवन चोकमा दिप प्रज्वलन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here