दोषीलाई कारवाही माग गर्दै त्रिभुवन चोकमा दिप प्रज्वलन

वसिम अन्सारी, नेपालगञ्ज । महिला हिंसा अन्त्यको माग गर्दै नेपालगन्जको त्रिभुवन चोकमा मैनवत्ती प्रज्वलन गरिएको छ । नागरिक अगुवाहरुको समूहको आयोजनामा मैनवत्ती प्रज्वलन गरिएको हो ।
सहभागीहरुले नेपालगन्ज उपमहानगरपालिका वडा नं.६ निवासी एक किशोरीको बलात्कारपछि निर्घात कुटपिट गरी हत्याको प्रयास गर्नेमाथि कारवाहीको माग गरेका थिए ।

दोषीको पहिचान गरी अपराधीलाई कानुनी कठघरामा ल्याउन अधिवक्ता विश्वजीत तिवारीले जोड दिनुभयो । आपराधिक घटना भएको यत्तिका दिन बित्दा समेत अपराधीलाई कानुनी दायरामा ल्याउन प्रहरी प्रशासन असफल भएको भन्दै दोषीलाई तत्काल पक्राउ नगरिए आन्दोलन चर्काउने उहाँको चेतावनी छ ।

केही दिनअघि नेपालगन्ज उपमहानगरपालिका निवासी एक किशोरीको बलात्कारपछि निर्घात कुटपिट गरी हत्याको प्रयास समेत भएपनि हालसम्म अपराधी पत्ता लगाउन प्रशासन मौन रहेको प्रति अगुवाहरुको आपत्ती छ ।

Previous articleकिशोरी तथा महिलाका लागि तीन दिने आत्मसुरक्षा तालिम संचालन हुँदै, सहभागिताका लागि अनुरोध
Next articleनाकामा सवारीसाधन वारपार गर्न दिन जनमत पार्टीको माग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here