
नेपालगञ्ज । बाँके जिल्ला बुद्धिचाल संघको कार्यसमिति उपाध्यक्षमा लभराज मल्ल मनोनित हुनुभएको छ । संघको मंगलबार बसेको सातौं पूर्ण बैठकले मल्ललाई कार्य समितिको उपाध्यक्षमा मनोनित गरेको हो ।
त्यस्तै बैठकबाटै संघको सदस्यमा पंकज पाण्डेलाई सदस्य पदमा मनोनित गरिएको छ । यस्तै बैठककै निर्णयबाट अधिवक्ता पूर्ण प्रसाद ढकाल, कर्ण श्रेष्ठ र डा.दिल बहादुर सत्याललाई कार्य समितिको सल्लाहाकारमा मनोनित गरिएको संघका सचिव अभिराज क्षेत्रीले जानकारी दिनुभयो ।





