
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाभित्र कोभिड १९ बिरुद्ध खोप अभियानका बिषयमा छलफल गरिएको छ । उपमहानगरपालिका भित्रका जनप्रतिनिधि लगायत अन्य सरोकारवालाहरुसंग बुधबार दोस्रो प्राथमिकतामा रहेकाहरुको बिषयमा संयुक्तरुपमा छलफल गरिएको हो ।
छलफलमा यही फागुन २३ गतेदेखि २६ गतेसम्म उपमहानगरपालिका भित्र लक्षित समूहलाई खोप लगाउने तय भएको छ । यसपटक पहिलो चरणमा छुटेका, चालक, सहचालक र ५५ वर्षमाथिकालाई खोप लगाइएने जनाएको छ ।
२३ वटा वडा रहेको नेपालगञ्ज उपमहानगरपालिकाभित्र खोप अभियानलाई सफल बनाउन १ सय १९ जना स्वास्थ्यकर्मी परिचालन हुने नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख राम बहादुर चन्दले जानकारी दिनुभयो ।





