
नेपालगञ्ज । नेपालीको कांग्रेसको ज्येष्ठ राजनीतिज्ञ सभा सदस्यमा मनोनयन भएका बाँकेका बरिष्ठ राजनीतिज्ञहरुलाई बुधबार सम्मान गरिएको छ । बाँकेको समग्र क्षेत्रलाई समायोजन गर्दै नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ ले बुधबार पार्टी कार्यालय बाँकेमा एक कार्यक्रमकाबीच मनोनयन भएका बाँकेका बरिष्ठ राजनीतिज्ञहरुलाई बुधबार सम्मान सम्मान गरेको हो ।
जिल्लाबाट मनोनयनमा पर्नुभएका भएका बरिष्ठ राजनीतिज्ञहरुलाई केन्द्रीय सदस्य किशोर सिंह राठौरले दोसल्ला, फ्रेमसहितको सम्मान पत्रले सम्मान प्रदान गर्नुभएको थियो । बाँकेबाट तुल्सी प्रसाद थारु, कृष्णमान श्रेष्ठ, सनत कुमार रेग्मी, श्रीमती शाह शाह, ओमजंग राणा, रामफल रैदास, कृष्ण सिंह परियार, राम खेलावन रैदान, श्रीमती उत्तमा हमाल, साबिर जसगढ, सावरा सिद्धिकी, रामेश्वर कंडेल, कुल बहादुर खत्री, राम लौटन यादव, सिताराम थारु, हरि प्रसाद उपाध्याय, हरि प्रसाद ढुंगाना र कैलाश नाथ गुप्ता (कशौधन) गरी १८ जना ज्येष्ठ राजनीतिज्ञ सभा सदस्यमा मनोनयन हुनुभएको हो ।
नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ का अध्यक्ष रमेश कुमार गुप्ताको अध्यक्षता एव पार्टीका अन्य अग्रजहरुको उपस्थितिमा उहाँहरुलाई सम्मान प्रदान गरिएको क्षेत्रीय सचिव सुनिल सिंह हमालले जानकारी दिनुभयो । कांग्रेसको बिधान अनुसार बिभिन्न कालखण्डमा भएका आन्दोलनमा जेलनेल जीवन बिताएका, पार्टीप्रति योगदान दिएकाहरुलाई ज्येष्ठ राजनीतिज्ञ सभा सदस्यका रुपमा मनोनयन गर्ने गरिन्छ ।








