
नेपालगन्ज । चर्चित निर्देशक तथा मोडल कुन्दन चन्दको सपना सकार हुँदै गएको छ । कलाक्षेत्रमा सम्मान पाउँदा मैले सोचेको पनि थिएन मोडल चन्दले हर्षित हुँदै भन्नुभयो । सानैदेखि कला क्षेत्रमा रुचि रहेको हुनले अहिले सबैको साथ सहयोगले सपना सकार हुँदै गएको चन्दले भन्नुभयो । कलाकारिता क्षेत्रमा रमाइरहेको छु उहाँले भन्नुभयो । बिगत १५ बर्ष देखि कलाकारिता क्षेत्रमा लागेको उहाँले जानकारी दिनुुभयो । दर्शकमाझ आफुलाई अब्बल बनाउनका लागि निरन्तर कडा मेहनत, परिश्रम गरेर करियर बनाउने र आफ्नो जीवनकाल बिताउने चन्दको सोच रहेको छ ।
जस्ले गर्दा सफलताको शिखरमा पुग्न सक्ने दृढ संकल्पका साथ अगाडी बढिरहेको उहाँले भन्नुभयो । सुरुवाती चरणमा केहि समस्या भएता पनि आफूले यो क्षेत्रबाट कहिले पनि पछि नहटने र जस्तोसुकै समस्या आएपनि आफू सधैं अभिनय गर्न अब्बल मानिने उहाँले दाबी गर्नुभयो । प्रतिस्पर्धात्मक युग भएकाले आफू जमेर काम गर्ने छु आफ्नो बाल्यकाल देखिको सपना कलाकार बन्ने थियो यसलाई पुरा गर्देछु उहाँले भन्नुभयो । कला क्षेत्रमा काम गर्नका लागि घर परिवारबाट राम्रो सहयोग पाएकोमा गर्व महशुस गरेको छु । तसर्थ कलाकारिता क्षेत्र अंगालेको चन्दले भन्नुभयो । 
बिगत देखिको लगन र मेहनतले आफू अभिनय गर्न पाउँदा खुशी लाग्छ उहाँले भन्नुभयो । यसरी मेरो कलालाई दर्शकमाझ प्रस्तुत गर्न र विभिन्न किसिमका भिडियोमा अभिनयका लागि आफुले जहिले पनि तत्पर रहने उहाँले बताउनुभयो । २१ औं सताब्दीमा फेरिएको आधुनिक जमानासंगसंगै कलालाई पनि निखारता ल्याउनमा आफु विश्वस्त रहेको बताउनुहुन्छ । मोडल चन्दले अहिलेसम्म २ दर्जन बढि म्युजिक भिडियो र ६ वटा सर्ट फिल्ममा अभिनय गरिसक्नुभएको छ ।
भर्खरै चर्चित निर्देशक तथा मोडल कुन्दन चन्दको निर्देशनमा बैगुनिको याद बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित मोडल सन्जित ओली, पुजा चौधरी, केशव चालिसे र निशा चन्दको मुख्य भुमिका रहेको बैगुनिको याद बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो । गितमा दया चौधरीले क्यामरामा साथ दिनुभएको छ भने एसके मिडियो अफिसियल युट्युव च्यानलबाट बैगुनिको याद भन्ने बोलको गित सार्वजनिक गरिएको निर्देशक चन्दले बताउनुभयो ।





