
नेपालगन्ज । ठाकुरबाबा नगरपालिका ३ मानपुर बर्दियाका लक्ष्मी थारु श्रीमान मतिराम थारुलाई खोज्न नेपालगन्जसम्म पुग्नुभएको छ । करिब २ महिनादेखि सम्पर्क विहिन रहेका लक्ष्मी थारुका श्रीमान मतिराम थारुलाई खोज्न नेपालगन्जसम्म आएको बिहीवार नेपालगन्जमा पत्रकार सम्मेलन गरि जानकारी गराउनुभएको छ ।
नेपाल प्रहरीको जागिर गर्दै आएका मतिराम पुष महिनामा कालिकोट दरबन्दी रहेका मतिराम दैलेख जिल्ला प्रहरी कार्यालयमा कार्यरत पुर्व प्रहरी हुनुहुन्छ । नेपाल प्रहरीमा जागिर गर्दा विच विचमा सम्पर्क भैरहने मतिराम श्रीमतिलाई लिएर काठमाण्डौं गएका थिए । काठमाण्डौंबाट घर फर्केर कागजात बनाउन सुर्खेत जानुछ भनेर हिडेको श्रीमान अहिलेसम्म सम्पर्क विहिन भएको श्रीमति लक्ष्मी थारुले नेपालगन्जमा पत्रकार सम्मेलन गरि जानकारी गराउनुभयो ।
श्रीमानलाई खोज्नको लागि हरसम्भव प्रयास गरे कहाँ कहाँ खोजिएन कहाँ कहाँ फोन गरिएन तर पनि सम्पर्क हुन नसक्दा नेपालगन्जसम्म श्रमिानलाई खोज्न आइपुगेको उहाँले बताउनुभयो । श्रीमानलाई खोज्न श्रीमान कार्यरत क्षेत्र दैलेखमा पुगे, सुर्खेतमा खोज्न गयौ, बर्दियाको हरेक आफन्त कहाँ पत्ता लगाउन खबर ग¥यो तर पनि श्रीमानको कुनै सम्पर्क नभएको उहाँले बताउनुभयो ।
१९ र १७ बर्षीय दुई छोराका आमा श्रीमति लक्ष्मी अहिले श्रीमानलाई खोज्न शहरबजार धाउँदै आउनुभएको छ । श्रीमानले दोश्रो श्रीमति लिएर बसेको शंका उहाँले गर्नुभएको छ । सुर्खेतको एक जना केटीसंग बारम्बार फोन सम्पर्क हुने र उहाँको नाममा पैसा समेत पठाएको प्रमाण भएको हुनाले सोही केटीसंग विवाह गरेर लुकेको अवस्था हुन सक्ने उहाँले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।
घरको स्थिति पनि सामान्य रहेको लक्ष्मीको दुई छोरा पाल्न र पढाउन धौ धौ भैरहेको छ, श्रीमान सम्पर्क विहिन भएको हुनाले उहाँले पाउनुपर्ने संचयकोष रोक्का गरि दुबै जनाको सहमति विना निकासा नगरिदिनहुन उहाँले आग्रह गर्नुभएको छ ।





