
नेपालगञ्ज । दोस्रो चरणको खोप अन्तर्गत आइतबारदेखि सरकारले ६५ वर्षमाथिका नागरिकलाई खोप लगाउन शुरु गरेको छ । यसै सन्दर्भमा आइतबार बाँकेको सबै स्वास्थ्य केन्द्रमा समेत जेष्ठ नागरिकले खोप लगाएका छन ।
आइतबारदेखि १० दिनसम्म ६५ वर्षमाथिका नागरिक र त्यसपछि ५५ वर्षमाथिका व्यक्ति, कलेज तथा विद्यालयका शिक्षक तथा कर्मचारीहरु र सार्वजनिक यातायतातका चालक तथा सहचालकलाई खोप लगाइने बाँकेको कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं १३ स्थित उदयपुर स्वास्थ्य चौकीमा ज्येष्ठ नागरिकलाई कोरोना बिरुद्धको खोप बिहानदेखि शुरु गरिएको स्वास्थ्य चौकी प्रमुख टेक बहादुर केसीले जानकारी दिनुभयो ।
यस्तै आइतबार बिहान १०ः०० बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई खोप लगाएर दोस्रो चरणको खोप अभियान शुरू भएको हो ।
उदयपुर स्वास्थ्य चौकीमा ज्येष्ठ नागरिकलाई खोप लगाएका तस्बिरहरु : तस्बिरहरु : हेल्थ असिस्टेन्ट-राजबिर बर्नवाल








