नरैनापुरमा आगलागी, २५ घर जलेर नष्ट (तस्बिरसहित)

नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिकाकाे सुईया गाउँमा भीषण आगलागी भएको छ।

नरैनापुर वडा नम्बर १ स्थित सुइँया गाउँमा साेमबार बिहान साढे ११ बजे आगलागी हुँदा २५ घर जलेर नस्ट भएका छन् ।

आगलागीबाट करोडौंको जिन्सी सामानहरु तथा नगद जलेर नस्ट भएका छन् । गाउँपालिकाको दमकल ,सशस्त्र प्रहरी,नेपाल प्रहरी र स्थानीयहरुको सहयोगमा आगो नियन्त्रणमा लिएको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयाे ।

गाउँपालिका अध्यक्ष शाहले आगलागीबाट पीडित बनेका गाउँहरुलाई गाउँपालिकाले सक्दो सहयोग गर्ने जानकारी दिनुभयाे ।

स्थानीय मनिजर पासीको फुसले छाएको कच्ची घरबाट आगलागी सुरु भएर २५ वटा घर पूर्ण रुपमा नष्ट भएका हुन् । घरमा बच्चाहरु मात्रै भएको समयमा अचानक आगलागी भएपछि स्थानीयले खबर गरेलगत्तै सुइँया प्रहरी चौकी र इलाका प्रहरी कार्यालय भगवानपुरबाट प्रहरीको टोली परिचालन भएको थियो ।

आगालागीबाट मनिजर पासी, नाफे पासी, रंगै पासी, राम समुझ पासी, मनै साई, सहज राम पासी, मृतलाल पासी, सन्तोष पासी, बौरा पासी, मुन्के पासी र सिराज पासीको घर पूर्णरूपमा क्षति भएको छ । नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहका अनुसार आगलागीबाट करोडौंको जिन्सी तथा नगद क्षती भएको छ ।

Previous articleआजदेखि ज्येष्ठ नागरिकलाई कोरोनाबिरुद्धको खोप (तस्बिरहरु)
Next article१११ औं अन्तर्राष्ट्रिय महिला दिवसमा बिबिध कार्यक्रम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here