
बाँके । समृद्ध समाज निर्माण गर्ने उद्देश्यका साथ नेपालगञ्जको चिडिमार बस्तीमा युवा क्लब गठन गरिएको छ । शनिबार एक कार्यक्रमकाबीच स्थानीय सुकराम चिडिमारको अध्यक्षतामा २५ सदस्यीय युवा क्लब गठन गरिएको हो ।

समुदायमा बिधमान कुरिती, कुसंस्कार निर्मुलिकरण गर्न र समुदायको स्तर उकास्न युवा क्लबको आवश्यकता महसुस गर्दै नेपालगञ्ज वडा नं– १२ का वडा अध्यक्ष बुद्धिसागर सुवेदीको बिषेश उपस्थितीमा क्लब गठन गरिएको वडा सदस्य तरुण बज्रचार्यले जानकारी दिनुभयो ।
क्लबको पुरुष उपाध्यक्षमा हन्सलाल चिडिमार, महिला उपाध्यक्षमा अनुषा चिडिमार, सचिवमा राम गोपाल चिडिमार, सहसचिवमा सवान कुमारी चिडिमार र कोषाध्यक्षमा खुसि चिडिमार रहुनुभएको छ ।

समुदायको अग्रसरता बिना समुदायमा बिकास सम्भव नहुने हुँदा उहाँहरुकै सहभागितामा बिभिन्न सामाजिक कार्यमा सक्रिय बनाउन क्लब गठन गरिएको वडा सदस्य बज्रचार्यले बताउनुभयो । चिडिमार समुदाय पिछडिएको समुदायभित्र पर्छन । क्लबको सल्लाहकारमा तिरथ चिडिमार, रामु चिडिमार, संगम चिडिमार र बिक्रम चिडिमार लगायत रहनुभएको छ ।





