बाल विवाह बिरुद्ध गाउँ-बिद्यालय अभियान चलाउन आवश्यक !

नरैनापुर । बाल विवाह बिरुद्ध गाउँ-गाउँ, बिद्यालय-बिद्यालय अभियान चलाउनुपर्ने एक कार्यक्रममा जोड दिइएको छ । मंगलबार बाँकेको नरैनापुर गाउँपालिका वडा नं ६ मा आयोजना गरिएको बाल विवाह बिरुद्धको सचेतनामूलक कार्यक्रमका अथितिहरुले अभियानको आवश्यकता औल्याएका हुन ।

वक्ताहरुले पहिलेको भन्दा बाल विवाह कम भएको भएपनि लुकिछुपि हुने क्रम तथा भागेर जाने क्रम यथावत रहेकाले गाउँ-गाउँ, बिद्यालय-बिद्यालय यस बिरुद्ध अभियान संचालनको आवश्यकता महसुस भएको बताए । कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तले गाउँपालिकामा बाल विवाह बिरुद्ध नीति नभएकाले सबैभन्दा पहिले नीति बनाउनुपर्ने बताउनुभयो ।

उहाँले नीति निर्माणका लागि आफै लाग्ने बताउनुभयो । उहाँले गाउँपालिकाले गाउँ-गाउँ तथा सामुदायिक बिद्यालयमा सचेतनामूलक अभियान चलाउनुपर्ने यसको लागि समेत पहल गर्ने बताउनुभयो । वडा नं ६ वडा अध्यक्ष बिरेन्द्रपाल सिंहको सभातित्वमा भएको कार्यक्रममा वक्ताहरुले यसका साथै बालबालिकाहरुको मनसाय बुझ्नुपर्ने कुरामा जोड दिएका छन् । त्यस्तै स्वयं बालबालिकाहरुको पनि इच्छा चाहना बुझ्न आवश्यक रहेको बताए ।कार्यक्रममा गाउँपालिकाका रोजगार संयोजक मकबुल अहमद मुकेरी, इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी सहायक निरिक्षक खगेन्द्र नाथ योगी, बुद्धिजीवि प्रेम मौर्य, आधारभूत बिद्यालय जमुनीका प्रधानाध्यापक अमरलाल यादव, जय किसान माध्यमिक बिद्यालयका शिक्षक तिरथराम मौर्य, सभ्य समाज नेपाल बाँकेका अध्यक्ष सुर्यलाल यादव लगायतले बाल विवाह न्युनिकरणका लागि समाजलाई कसरी अगाडी बढाउन सकिने उपायका बिषयमा बोल्नुभएको थियो ।

नरैनापुर गाउँपालिका वडा नं ६ को सहयोगमा सभ्य समाज नेपालको आयोजनामा भएको सचेतनामूलक कार्यक्रममा स्वास्थ्य चौकी गंगापुरका प्रमुख भरतराज गोराथोकीले बाल बिवाहले स्वास्थ्य तथा शारीरीक तवरमा पुर्याउने असर र सम्भावित दुर्घटनाका बारेमा तथा स्याक नेपालका सुपरभाईजर त्रिभुवन प्रसाद यादवले बाल विवाह बिरुद्धको नीति नियम तथा कानूनी व्यवस्था र समाजमा ल्याउने समस्याका बारेमा सहजीकरण गर्नुभएको थियो ।

Previous articleउपमहानगरपालिकामा सर्वदलीय बैठक, यातायातलाई जग्गा दिने निर्णय
Next articleनेपालगञ्जलाई महानगर बनाउन डिपिआरको काम सुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here