
काेहलपुर । कोहलपुरमा ग्याँस बोकेको ट्रकले ठक्कर दिदा एक पैदल यात्रीको मृत्यु भएको छ ।
बुधबार राती ८ बजेको समयमा कोहलपुरको हवल्दारपुरदेखि दैलेखतर्फ जाँदै गरेको भे १ ख ११०० नम्बरको ट्रकले ठक्कर दिँदा कोहलपुर ११ का ३८ वर्षीय जयकर्ण मल्लको ज्यान गएको हो ।
स्थानीय विद्युतरोड चोकमा ट्रकले मल्ललाई ठक्कर दिएको थियो । दुर्घटनाबाट गम्भीर घाईते भएका मल्ललाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
प्रहरीले ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडी बढाएको जनाएको छ ।





