
नेपालगञ्ज । भारतको उत्तर प्रदेशमा हुन लागेको पञ्चायती चुनावलाई मध्यनजर गर्दै नेपाल भारत सीमा क्षेत्रका जिल्ला प्रमुखहरुबीच छलफल भएको छ ।
भारतको उत्तर प्रदेशमा हुन लागेको चुनावलाई ध्यानमा राखी बुधबार भारतीय बजार रुपैडिहामा थाना कार्यालयमा सीमा सुरक्षाका सम्बन्धमा दुबै देशको सीमा क्षेत्रका जिल्ला प्रमुखहरुबीच छलफल भएको हो ।
बैठकमा बाँके जिल्लामा हुने सीमा अपराध, चोरी तस्करी, मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण सम्बन्धी तथा भारतीय क्षेत्रमा हुने चुनावलाई सुरक्षित बनाउने बिषयमा छलफल भएको जनाइएको छ ।
बैठकमा बाँके जिल्लाको तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय, जिल्ला प्रहरी कार्यालय बाँकेका कार्यालय प्रमुख ओम बहादुर राणा, सशस्त्र प्रहरी बल महेन्द्रनगर बाँकेका प्रमुख अशोक बम, राष्ट्रिय अनुसन्धान बिभागका बाँकेका प्रमुख तथा भारतको तर्फबाट आई.जि डा.राकेश कुमार, प्रमुख जिल्ला अधिकारी शम्भु कुमार लगायतको उपस्थिति रहेको थियो ।





