
नेपालगन्ज । तेस्रो मेयर कप अन्तर स्कुल क्रिकेटमा सिद्धार्थ विद्या सदन हाई स्कुल विजयी भएको छ । शुक्रबार सम्पन्न तेस्रो मेयर कप अन्तर स्कुल क्रिकेट प्रतियोगिताको दोश्रो खेलमा सिद्धार्थ विद्या सदन हाई स्कुल फुल्टेक्राले प्रभात मेमोरियल हाई स्कुलमाथि ५ विकेटको जीत निकालेको छ ।
टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको प्रभातले १६ ओभरमा सबै विकेट गुमाउँदै १०४ रन जोडेको थियो । जबाफमा ब्याटिङ गर्न उत्रेको सिद्धार्थले १२.५ ओभरमा उक्त लक्ष्य पूरा गरेको थियो । सिद्धार्थको जीतको लागि हरिस चौधरीले आक्रामक ब्याटिङ गर्दै अविजित ५१ रन बनएका थिए ।
उनी नै म्यान अफ द म्याच भए । प्रभातलाई सस्तैमा समेट्ने क्रममा पियूष प्रजापतिले ३ विकेट, सबाज, प्रदीप र सोयलले २र२ विकेट तथा आयुस गुरुङले १ विकेट लिएका थिए । प्रभातको लागि भिम कनोजियाले सर्बाधिक २२ रन बनाएका थिए । प्रभातको तर्फबाट विशाल ठाकुरले ३ र भिम कनोजियाले २ विकेट लिएका थिए ।





