खप्तड छेडेदह नेपालमै पहिलो नमूना गाउँपालिका घोषणा

खप्तड छेडेदह । खप्तड छेडेदह गाउँपालिका एक घर एक बैंक खाता अभियान सम्पन्न गर्ने नेपालकै पहिलो गाउँपालिका घोषणा भएको छ । हिमालयन बैंक लिमिटेडको छेडेदह शाखाको सहकार्यमा उक्त अभियान सम्पन्न भएको हो ।

बित्तिय चेतनामा अभिबृद्धि–सन्तुलित आर्थिक गतिबिधि आत्म निर्भरताको लागि बैंक खाता मार्फत वचत बृद्धि नारा तय गर्दै गाउँपालिकाले हिमालयन बैंक मार्फत अभियान चलाएको थियो । शुक्रबार गाउँपालिकामा आयोजित एक विशेष कार्यक्रम बीच उक्त घोषणा गरिएको हो । २०७६ सालको नयाँ वर्षमा सरकारले समृद्धिसँग जोडौं नाता सबै नेपाली बैक खाता नारा सहित खोलौ बैंक खाता अभियान घोषणा गरेको थियो ।

जम्मा ३,२३४ घरधुरी रही २२,१३५ जनसंख्या रहेको गाउँपालिकामा करिब १ वर्षको अबधिमा बैंकले उक्त अभियान अन्तर्गत ९,४७६ खाता खोली सञ्चालनमा ल्याएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंक सूदुर पश्चिम प्रादेशिक कार्यालयका निर्देशक शुभाषचन्द्र घिमिरेले बैंक तथा बित्तिय संस्थाको सहभागितामा मात्र आर्थिक गतिबिधि सहज हुने तथा विकासका कार्यक्रमले गति लिने बताउनुभयो । उहाँले यस क्षेत्रको बैंकिङ्ग सचेतनाको स्तर निकै उच्च रहेको आफुले महशुश गरेको उल्लेख गर्दै अभियान सञ्चालनमा सहभागी सबैलाई धन्यबाद दिदै यस किसिमको काम नेपालकै बित्तिय साक्षरता अभियानको लागि नमुना भएको बताउनुभयो ।कार्यक्रममा बोल्दै विशिष्ट अतिथि बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले छोटो समयमै सम्पन्न भएको यस खालको कार्यक्रमले गाउँपालिकाको बित्तिय चेतनामा अभिबृद्धि–सन्तुलित आर्थिक गतिबिधि आत्म निर्भरताको लागि बैंक खाता मार्फत वचत बृद्धि नारालाई बास्तविकतामा परिणत गर्ने बताउनुभयो ।

अभियान बारे प्रतिक्रिया दिदै उपस्थित स्थानिय सुर्जादेबी रावतले हिमालयन बैंकले सञ्चालन गरेको अभियानले गाउँपालिकालाई नै नमूना पालिकाको रुपमा चिनाएको तथा स्थानीयहरुलाई बैंकिङ्ग सचेतना र सेवामा उल्लेख्य बृद्धि गरेको बताउनुभयो ।

स्थानीय व्यवसायी सुबेन्द्र जनरल स्टोरका प्रोप्राइटर लालबहादुर रावतले हिमालयन बैंकको शाखा स्थापनाले जिल्ला सदरमुकाम मार्तडी तथा धनगढीबाट लिइ रहेको आधुनिक बैंकिङ्ग सेवाहरु आफ्नै घरदैलोमा आएको र स्थानीयको जिवनस्तरमा सकरात्मक सुधार भैरहेको बताउँनुभयो । उहाँले चर्को व्याजदरमा साहु महाजनहरुबाट हुने गरेको कर्जा कारोबार सहुलियत व्याज दरमा क वर्गको बैंक मार्फत घरदैलोमै उपलब्ध भएकोमा खुसी व्यक्त गर्नुभयो ।कार्यक्रमका सभापति एवं गाउँपालिका अध्यक्ष नरबहादुर रावतले नेपालमा बैंकिङ्ग सेवाको सुरुवात भएको ८६ वर्ष पश्चात भए पनि मानव बिकास सुचकांकको अन्तिम स्थानमा रहेको जिल्लाको स्थानीय निकायले नै बित्तिय साक्षरता अभियानमा नमुनाको रुपमा उदाएकोमा खुसी व्यक्त गर्नुभयो । कार्यक्रममा बाजुरा जिल्लाका सबै सुरक्षा निकायका प्रमुखहरु, स्थानीय ३१ सार्बजनिक बिद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरु, स्थानीय राजनीतिक दलका प्रतिनिधीहरु, सर्बसाधारण लगायत करिब ५ हजार जनाको उपस्थिति रहेको थियो ।

३१ वटा सामुदायिक बिद्यालयलाई शैक्षिक सामाग्री बितरण

खप्तड छेडेदह गाउँपालिकाका सामुदायिक बिद्यालयलाई शैक्षिक सामाग्रीहरु बितरण गरिएको छ । हिमालयन बैंक लिमिटेडद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गाउँपालिकामा सञ्चालित ३१ वटा बिद्यालयहरुलाई उक्त सामाग्रीहरु बितरण गरिएको हो ।

हिमालयन बैंक लिमिटेडको सहकार्यमा खप्तड छेडेदह गाउँपालिकाले सञ्चालन गरको एक घर एक बैंक खाता अभियान नेपालमै पहिलो पटक सम्पन्न गरेको उपलक्ष्यमा आयोजित नमुना गाउँपालिका घोषणा सभा कार्यक्रमममा नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय धनगढीका निर्देशक शुभाष चन्द्र घिमिरे, हिमालयन बैंकका कार्यकारी सञ्चालन अधिकृत मृगेन्द्र प्रधान, बैंकका सुदुरपश्चिम प्रदेश प्रमुख सरोज रेग्मी, बैंकका छेडेदह शाखा प्रमुख किरण रिजाल लगायतले उक्त सामाग्रीहरु बिद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधीहरुलाई हस्तान्तरण गर्नुभयो ।बाजुरा जिल्लाको छेडेदहवासीको शैक्षिक स्तर सुधार्ने पहलमा सहकार्य स्वरुप विद्यालयहरुलाई उक्त शैक्षिक सामग्रीहरु हस्तान्तरण गरिएको बैंकका कार्यकारी सञ्चालन अधिकृत प्रधानले बताउनुभयो । कार्यक्रमका सभापति गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले बैंकको सहकार्य र सहयोग प्रति धन्यबाद व्यक्त गर्नुभयो ।

Previous articleतेस्रो मेयर कप क्रिकेट : प्रभातमाथि सिद्धार्थको जीत
Next articleदिगो बिकासका लक्ष्यबारे अभिमुखिकरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here