
नेपालगञ्ज। नेपालगञ्ज ट्यालेन्ट हण्ट सिजन-२ प्रतियोगिता शनिबारबाट शुरु हुँदैछ । किशोरी किशोरी युवा युवतीको नेतृत्व क्षमता बिकासमा सहयोग पुर्याउने उद्देश्यले शनिबारदेखि नेपालगन्ज ट्यालेन्ट हण्ट प्रतियोगिगता आयोजना हुन लागेको हो ।
शुक्रबार पत्रकार सम्मेलनमार्फत आयोजकले सिजन-२ शनिबारबाट शुरु हुन लागेको जानकारी गराएको छ । नेतृत्वका प्रमुख सुरेन्द्र चलाउनेले सिजन २ केही समय पहिले नै आयोजना गरिने तयारी गरिएको भएपनि कोरोना महामारीका कारण स्थगित प्रतियोगिता संचालन गर्न लागेको जानकारी दिनुभयो ।
प्रतियोगिता अन्तर्गत शनिबार स्वस्तिक कटेज नेपालगञ्जमा बिहान १० बजेदेखि पहिलो चरणको अडिसन (छनौट) प्रक्रिया शुरु हुने र दोस्रो अडिसन (छनौट) प्रक्रिया चैत ६ गते हुने प्रमुख चलाउनेले बताउनुभयो ।
बिभिन्न प्रतियोगिताहरुमा दर्शकहरुका लागि टिकट काट्ने गरेको भएपनि आफुहरुले टिकट काट्नुपर्ने सिस्टम नराखेको प्रमुख चलाउनेले बताउनुभयो । टिकट काटेर प्रतियोगिता हेर्नुपर्छ भनेर दर्शकहरुको उपस्थिति कम हुन्छ, प्रमुख चलाउनेले भन्नुभयो, हामीले प्रतियोगिताको सबै छनौट चरणहरु पारदर्शी हुनुपर्छ भनेर नै टिकट सिस्टम हटाएका हौं ।
यस प्रतियोगितामा बिभिन्न बिद्याका छुट्टा छुट्टै बिजेताहरु समेत छनौट गरिने र उनीहरुलाई पुरस्कार स्वारुप नगद नभई बिजेताले जीवनभर सम्झिरहने गरी पुरस्कारको व्यवस्थापनमा गर्ने प्रमुखले चलाउनेले बताउनुभयो ।





