दिगो बिकासका लक्ष्यबारे अभिमुखिकरण

नेपालगञ्ज । दिगो बिकासका लक्ष्यहरु बारे युवाहरुलाई अभिमुखिकरण प्रदान गरिएको छ । बागेश्वरी असल शासन क्लबद्वारा तीन बर्षदेखि सञ्चालित ईन्सपाईरिंग युथको २०८ औं श्रृंखलालमा सो अभिमुखिकरण प्रदान गरिएको हो ।

युथ एड्भोकेसी नेपाल बाँके शाखा र बासको आयोजनामा सम्पन्न सो अभिमुखिकरणमा बासका कार्यकारी निर्देशक नमस्कार शाहले दिगो बिकासका लक्ष्यहरु बारे प्रशिक्षण दिनुभएको थियो ।अभिमुखिकरणमा दिगो बिकासका लक्ष्यहरु बारे युवाहरुलाई जानकारी होस् भन्ने उद्धेश्यले अभिमुखिकरण आयोजना गरिएको आयोजकको भनाई छ । ५० बढि युवाहरुको सहभागिता रहेको अभिमुखिकरणमा कार्यक्रम संयोजक शोभा थापा मगरले सञ्चालन गरेको कार्यक्रममा युथ एड्भोकेसी नेपाल बाँके शाखाका संयोजक खेम बिष्टले स्वागत गर्नुभएको थियो ।

Previous articleखप्तड छेडेदह नेपालमै पहिलो नमूना गाउँपालिका घोषणा
Next articleनेपालगञ्ज ट्यालेन्ट हण्ट सिजन-२ शुरु हुँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here