
गुलरिया । गेरुवा ग्रामीण जागरण संघ, बर्दियाको शनिबार २७ औं साधारण सभा तथा ८ औं महाधिवेसन गुलरिया बर्दियामा सम्पन्न भएको छ ।
गेरूवाका अध्यक्ष कृष्ण जंग शाहको अध्यक्षतामा २७ औं साधारणसभा तथा अधिवेशन सम्पन्न भएकाे हाे ।
अधिवेशनले नयाँ कार्यसमिति समेत सर्बसम्मतबाट चयन गरेकाे छ । नयाँ कार्यसमितिकाे उपाध्यक्षमा साबित्रा गाैतम, महासचिवमा सुनिता चौधरी, कोषाध्यक्षमा लक्ष्मण प्रसाद चौधरी र सहसचिवमा हरिप्रसाद शर्मा रहनुभएकाे छ ।
त्यस्तै सदस्यहरुमा क्रमश सुधान्सु प्रकाश शर्मा, उर्मिला ताम्रकार, रिता चौधरी, रुइत इद्रिसी रहनुभएकाे छ भने मन्जु शर्मा, हरिहर गौतम सदस्यमा मनाेनित हुनुभएको छ । साेही अपसरमा आजीवन सदस्यलाई सम्मान समेत गरिएको थियोे ।





