१० लाख पुरस्कार राशीकाे प्रेसिडेन्ट लिग नेपालगन्जमा हुँदै

नेपालगन्ज । बाँकेमा एन्फा प्रेसिडेन्ट लिग–२०७७ सोमबारदेखि सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ(एन्फा)को आयोजनामा पहिलोपटक नेपालगन्ज रंगशालामा प्रतियोगिता सुरु हुन लागेको हो ।

एन्फाले आइतबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताका बारेमा जानकारी गराएको छ । सम्मेलनमा एन्फाले फुटबलको विकास इतिहासमा पहिलोपटक नेपालगन्जमा फुटबल लिग गर्न लागेको एन्फा केन्द्रीय सदस्य तथा प्रतिनिधि पूर्णमान चित्रकारले बताउनुभयाे ।

चित्रकारका अनुसार मोफसलका टिमलाई पनि राष्ट्रियस्तरको फुटबलमा सहभागी गराउने उद्देश्यले एन्फा प्रेसिडेन्ट लिग–२०७७ को आयोजना गर्न लागेको हो ।

प्रतियोगिता सात प्रदेशका लिग च्याम्पियन टोलीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा लुम्बिनी प्रदेश च्याम्पियन धम्बोझी युवा क्लब (बाँके) ले प्रतिस्पर्धा गर्नेछ । साथै प्रदेश नम्बर १ को लिग च्याम्पियन सैनिक फुटबल क्लब(झापा), प्रदेश नम्बर २ च्याम्पियन मनकामना युवा क्लब(रौतहट), बागमती प्रदेश च्याम्पियन(धादिङ समाज), गण्डकी प्रदेश च्याम्पियन त्रिवेणी युवा क्लब(लमजुङ), कर्णाली प्रदेश च्याम्पियन लेकाली युवा क्लब(जुम्ला) र सुदुरपश्चिम प्रदेश च्याम्पियन स्टारसिटी युवा क्लब(कैलाली)ले प्रतिस्पर्धा गर्नेछन् ।

प्रसिडेन्ट लिगको शिर्ष चार टोलीले एन्फाले आयोजना गर्ने राष्ट्रिय लिग खेल्ने पाउनेछन् । प्रतियोगिता चैत २ गते सुरु भई १५ गते समापन हुने एन्फाले जनाएको छ ।

प्रेसिडेन्ट लिग–२०७७ को विजेताले १० लाख र उपविजेताले ५ लाख पाउने एन्फाले जनाएको छ । प्रतियोगितामा विद्यागत रुपमा फेयर प्ले र सर्वोत्कृष्ट खेलाडीले ५० हजार पाउने छन् ।

साथ उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर, प्रशिक्षकले जनही २५ हजार पाउनेछन् ।

प्रतियोगितालाई सफल बनाउनको लागि हामीले विभिन्न उप–समितिहरु गठन गरिसकेको आयोजकले जनाएको छ । जसको सचिवालय संयोजकमा समिर वली, आवास तथा भोजनमा घनश्याम थापा, मञ्च तथा अतिथि सत्कारमा गोबिन्द्र श्रेष्ठ, प्रचार– प्रसारमा कमल खत्री, अनुशासनमा गोर्वधन सिंह सम्झना, प्राथमिक उपचारमा भरत बहादुर खत्री, मैदान व्यवस्थापनमा अर्जुन थापा, टिकट व्यवस्थापनमा दिपक राना र स्वयमसेवक व्यवस्थापनको संयोजकको रुपमा विष्णु रावतलाई मनोनित गरिएको छ ।

Previous articleगेरूवाकाे साधारणसभा सम्पन्न, नयाँ कार्यसमिति चयन
Next articleभन्सार छली भित्र्याइएको कपडा बरामद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here