भन्सार छली भित्र्याइएको कपडा बरामद

रासस । कैलाली–धनगढी उपमहानगरपालिका–१ स्थित सडक खण्डबाट प्रहरीले १ लाख रुपैयाँभन्दा बढीका भन्सार छलेर ल्याइएका अवैध लुगाकपडा बरामद गरेको छ।

भारतबाट अवैध भन्सार चोरी पैठारी भइरहेको सूचनाको आधारमा प्रहरीले १७० सुट पिस, सेतो कुर्ती ९० पिस, पाउडर ११५ दर्जन, कोटको अस्तर चार पोका, कपडा थान एक रोल बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।

भन्सार छली ल्याइएका सामान करिब १ लाख १९ हजार रुपैयाँबराबरको रहेको उहाँको भनाइ छ। बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि आइतबारै त्रिनगर भन्सार कार्यालय कैलालीमा पठाइएको बताइएको छ।

Previous article१० लाख पुरस्कार राशीकाे प्रेसिडेन्ट लिग नेपालगन्जमा हुँदै
Next articleउपभोक्ता अधिकार दिवस, तीन जना सम्मानित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here