पाटे बाघकाे आक्रमणबाट एक महिलाकाे ज्यान गयाे

file photo

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा पाटे बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ ।

निउरो टिप्न गएका तीन महिलामध्ये ठाकुरबाबा नगरपालिका ७ की ५५ वर्षीय डल्ली रावतलाई बाघले लगेको र खोजी गर्दा निकुञ्जको बघौरा फाँटमा उनको शव भेटिएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएकाे छ ।

निकुञ्जका सहायक संरक्षण अधिकृत असिमकुमार थापाका अनुसार महिलाको अगाडिकाे आधा शरीर बाघले खाएको अवस्थामा भेटिएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज र आसपास क्षेत्रबाट बाघको आक्रमणबाट यो वर्ष मात्रै दश जनाको ज्यान गइसकेको छ ।

Previous articleएन्फा प्रेसिडेन्ट लिगमा धादिङको फराकिलो जित
Next articleएन्फा प्रेसिडेन्ट लिग–२०७७, बाँकेको धम्बोझी र धादिङ समाज विजयी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here