बाँकेमा शनिबार पाँच जनामा कोरोना पुष्टि

बाँके । बाँकेमा शनिबार पाँच जनामा कोरोना संक्रमण भेटिएको छ । भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणमा जिल्लाको बिभिन्न स्थानका पाँच जनामा कोरोना देखिएको पुष्टि गरेको हो ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एव कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बाँकेको जानकी गाउँपलिका वडा नं–३ की २७ वर्षीय महिला, राप्तीसोनारी गाउँपालिका वडा नं–७ का ४० वर्षीय पुरुष, कोहलपुर नगरपालिका वडा नं–३ का ३१ वर्षीय पुरुष, कोहलपुरं–१० का ४५ वर्षीय पुरुष र बैजनाथ गाउँपालिका वडा नं–२ का ३५ वर्षीय पुरुषमा कोरोना देखिएको हो ।

Previous articleभारतमा अलपत्र ६ नेपाली महिलाको उद्धार
Next articleकर्णाली प्रदेशसभाको बैठक शुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here