कर्णाली प्रदेशसभाको बैठक शुरु

सुर्खेत । केही दिनदेखि बस्न नसकेको कर्णाली प्रदेशसभाको बैठक आज बसेको छ । यही असार ११ गते प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस बैठक अवरुद्ध गरेपछि बैठक बस्न सकेको थिएन ।

आजको बैठकमा प्रतिपक्षी दल काँग्रेसका सभासदहरु भने उपस्थित भएनन् । काँग्रेस सभासद दीनबन्धु श्रेष्ठले सबै मन्त्रालयको किताब एकैपटक नआएका कारण बैठकमा भाग नलिएको बताउनुभय

असार ११ गतेको बैठकमा सभामुख राजबहादुर शाहीले कर्णाली प्रदेश विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रदेशसभा सचिवालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास मन्त्रालयका शीर्षकहरुमाथिको छलफल प्रारम्भ गरेलगत्तै काँग्रेसले अवरोध गरेपछि बैठक स्थगन भएको थियो ।

आजको बैठकमा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले सभामा स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधासम्बन्धी संशोधन गर्न बनेको विधेयक, २०७७ पेश गर्नुभयो । प्रदेशसभाको अर्को बैठक भोलि १ः०० बजे बस्नेछ । रासस

Previous articleबाँकेमा शनिबार पाँच जनामा कोरोना पुष्टि
Next articleबाँकेमा बाघको छाला र हड्डीसहित एक पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here