सिकाई परियोजनाबारे सरोकारवालाद्धारा संयुक्त अनुगमन

बर्दिया । स्थानीय तहमा संचालित परियोजनाको बारेमा सरोकारवालाले अनुगमन गरेका छन् । प्लान इन्टरनेशनल नेपाल क्षेतत्रीय कार्यालय सुर्खेत, सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारी तथा ठाकुरबाबा, बारबर्दिया नगरपालिका र गेरुवा गाउँपालिकाको समन्वयमा सामुदायिक बिधालयमा संचालित सिकाई परियोजनाबारे सरोकारवालाले अनुगमन गरेका हुन् ।

ठाकुरवावा नगरपालिकाको वडा नं २ मा रहेको श्री त्रानोदय, प्राथामिक बिधालय वडा नं ९ काबेश्वर आधारभुत बिधालय, बारबर्दिया नगरपालिकाको वडा नं ६ मा रहेको नवज्योति आधारभुत बिधालय वडा नं ३ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यामिक बिधालय, गेरुवा गाउँपालिकाको वडा नं ५ मा रहेको सरस्वती आधारभुत बिधालय, कृष्ण दुर्गा आधारभुत बिधालयमा अनुगमन गरिएको हो ।अनुगमनका क्रममा परियोजना संचालन हुनु पुर्वको अवस्था र परियोजना संचालन भएपछि देखिएका सकारात्मक पक्षका बारेमा बिधालय ब्यबस्थापन समिति तथा शिक्षकबीच अन्तरक्रिया समेत गरिएको छ ।

साथै अनुगमनका क्रममा बालबालिकाहरुको सुरक्षित बसाइका लागि भौतिक पुर्वाधार, कक्षा कोठाको ब्यवस्थापन, लैगिंक समानतालाई प्रोत्साहन गर्ने शिक्षकको व्यवहार र बाल केन्द्रित शैक्षिक वातावरण भए नभएको निरिक्षण गिरएको थियो ।

यसका साथै औषत उपस्थिति, भर्ना एवम कक्षा छाड्ने दर, कक्षा कोठामा शैक्षिक सामाग्रीको ब्यवस्था, कक्षा कोठामा सूचना प्रबिधिको प्रयोगको अवस्थाका बारेमा कक्षा कोठा अबलोकन एवम छलफल गरिएको थियो । अनुगमनमा सहभागीहरुलाई प्राधानाध्यापकले परियोजना माफर्त बिधालयमा संचालन भएका कृयाकलाप र कृयाकलाप संचालनपछि देखिएका परिर्वतनका बारेमा जानकारी गराएको थियो ।आजका बालबालिका भोलिको देशका कर्णधार भएको र बिकासको पहिलो खुड्कीलो भनेको शिक्षा नै भएकाले प्लान नेपाल र स्याक नेपाललेको साझेदारी तथा बाँके र बर्दियाको बिभिन्न स्थानीय तहमा संचालन भएको सिकाइ परियोजनालाई उपलब्धी मुलक बनाउनका लालि पालिकासंग समन्वय र सहकार्य गरि संस्थाले काम गरिरहेको परियोजना अधिकृत लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो ।

अनुगमनमा ठाकुरबाबा नगरपालिकाका मेयर घननारायण श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत रामहरी रिजाल, शिक्षा शाखा अधिकृत सिता कुमारी भण्डारी, बारबर्दिया नगरपालिका मेयर दुर्गा बहादुर थारु (कबिर), नगर प्रवक्ता दुर्गा बहादुर बिश्वकर्मा, शिक्षा शाखा प्रमुख टेक प्रसाद पाण्डे, गेरुवा गाउँपालिका उपाध्यक्ष हिमकुमारी थारु, शिक्षा शाखा प्रमुख नमराज अधिकारी, वडा अध्यक्ष धर्म प्रकाश चोधरीको सहभागीतामा तीन चरणमा संयुक्त अनुगमन गरिएको हो ।

Previous articleडुडुवा ५ नं. वडा कार्यालयको भवन निमार्ण शुरु
Next articleलागू औषध दुर्व्यसनी सम्बन्धि बृहत प्रशिक्षण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here