रेड पाण्डाको छाला, भालुको पित्त र कस्तुरीको बिना सहित ३ जना पक्राउ

नेपालगन्ज । बाँकेमा रेड पाण्डाको छाला, भालुको पित्त र कस्तुरीको बिना सहित ३ जना मानिस पक्राउ परेका छन् ।

बिहीबार साँझ करिब ५ बजेकाे समयमा बाँके बैजनाथ गाँउपालिका वडा नं.१ चिसापानी बजारमा शंकाष्पद रुपमा हिडि रहेका ३ जनालाई खान तलासी गर्दा प्रतिबन्धित बस्तु फेला परेपछि पक्राउ गरिएकाे हाे ।

पक्राउ परेका व्यक्तिहरूसंग दुर्लभ बन्यजन्तु रेड पाण्डाको छाला थान १ (एक), भालुको पित्त थान-२ (दुई) कस्तुरीको बिना थान-१ (एक) फेला पारी निज ब्यक्तीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरूकाे विवरण
१- जिल्ला दैलेख चामुण्डा नगरपालिका वडा नं. २ बस्ने बर्ष ४२ को चिन बहादुर थामी मगर………….१

२- जिल्ला कैलाली घोडाघोडी नगरपालिका वडा नं. १ बस्ने बर्ष ४५ को रत्न बहादुर खत्री…………….१

३- जिल्ला जाजरकोट नलगाड नगरपालिका वडा नं. १ बस्ने बर्ष ४० को खले बि.क……………………१

Previous articleएन्फा प्रेसिडेन्ट लिग–२०७७, धम्बोझी र त्रिवेणीको जित
Next articleमहासंघ बाँकेको नेतृत्व सर्बसम्मत छनोट गर्न युनियनको अपिल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here