महासंघ बाँकेको नेतृत्व सर्बसम्मत छनोट गर्न युनियनको अपिल

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेको आसन्न निर्वाचनमा सबै संगठनको सहभागितामा सर्वसम्मत नेतृत्व छनोट गर्न नेपाल प्रेस युनियन बाँकेले अपिल गरेको छ ।

युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले शुक्रबार एक अपिलमार्फत युनियनकै अगुवाईमा महासंघको नेतृत्व छनोट गर्न आग्रह गर्नु भएको हो ।

“नेपाली पत्रकारहरुकाे बृहत्तर हितका लागि यसपटक नेपाल प्रेस युनियनकाे नेतृत्वमा पत्रकारका सबै आस्थागत संघ, संगठनलाई सम्मानजनक रूपमा सहभागिता गराएर एकतावद्धका साथ महासंघ बाँकेको नेतृत्व छनोट गर्न नेपाल प्रेस युनियन बाँके, शाखा हार्दिक अपिल गर्दछ,” उक्त अपिलमा भनिएको छ ।

नेपाली पत्रकारहरुको गौरवमय छाता संगठन नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश, जिल्ला र प्रतिस्ठान शाखाहरुको निर्वाचन २०७७ चैत २५ गते एकैसाथ हुन लागेको खबरले पत्रकारहरुलाई उत्साहित बनाएको उल्लेख गर्दै युनियन अध्यक्ष ओलीले महासंघमा अब आउने नेतृत्वबारे पत्रकारिता जगतमा चासो र चिन्ता बढिरहेको बताउनु भएको छ ।

युनियनको अपिलमा अगाडी भनिएको छ, “पत्रकारको पेशागत हकहित, सुरक्षा र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हरेक लडाइँमा अग्रपंक्तिमा उभिएर काम गर्न सक्ने जुझारु नेतृत्वको खाचो पत्रकार महासंघमा आवश्यक छ, हाम्रा अग्रजहरुले हुर्काउदै, बढाउदै यो अवस्थासम्म ल्याई पुर्याएको महासंघको गरिमालाई हामीले अझ उचो राख्नुछ ।”

Previous articleरेड पाण्डाको छाला, भालुको पित्त र कस्तुरीको बिना सहित ३ जना पक्राउ
Next articleबाँके पूर्ण खोप जिल्ला घोषणा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here